रमेश रावल, कैलाली
बाढीले बिचल्लीमा परेका मानिसलाई सबै भन्दा पहिला उद्धारमा लागेको जनमुक्ति सेनाले राहत दिनेमा पनि सबै भन्दा पहिला जनमुक्ति सेना सातौं डिभिजनले कैलालीका बाढी पिडितलाई राहत बितरण गरेको छ ।
जनमुक्ति सेनाले शनिवार आईतवार सोमवार र मंगलवार गरि २६०क्विन्टल चामल १५० क्विन्टल चिउरा र चाउचाउ दाल लगायतका साम्रगी बाढी पिडितलाई आपतकालिन राहत बितरण गरेको हो । जनमुक्ति सेनाले कैलालीको लालबोझी,रतनपुर,पवेरा,नारायणपुर,धनसिंपुर,लगायतका गा.वि.सका बाढी पिडितलाई राहत बितरण गरेको छ । बाढी पिडित लाई उपलब्ध गर्राईएको राहत साम्रगी जनमुक्ति सेनाले दैनिक पाउने गरेको खानपनिको भत्ता दिएको सातौ डिभिजन सह(कमाण्डर बिरेन्द्र बुढा जिवनले बताउनु भयो ।
सातौं डिभिजनका कैलालीका ६५० जना योद्धाहरु पनि प्ााूच दिन देखि उद्धार कार्यमा र राहत बितरण कार्यमा खटिएको १३ हजार बाढी पिडितलाई उद्धार गरेर सुरक्षित स्थानमा अवतरण गराएको पनि सातौं डिभिजनले बताएको छ ।
बाढीले गर्दा अधिकास मानिसको घरवाली धनसम्पति,बस्तुभाउ नष्ट भएकोले दिर्घकालिन योजना मार्फ सरकारले पिडितलाई राहत उपलब्ध गराउनु पर्नै पनि बिरेन्द्र बुढा जिवनले बताउनु भयो ।जनमुक्ति सेनाले बितरण गरेको राहतले बाढि पिडितलाई एक छाक खान पुग्ने बताएको छ । जनमुक्ति सेना तत्कालिन अवस्थामा बाढीले बिचल्लीमा परेका जनतालाई जनतालाई गरैको उद्धार र राहतको कामलाइृ सह्रानिय रहेकौ प्रतिक्रिया दिएका छन ।
राहत वितराण को कामलाई बिभिन्न संस्थाले त्रि्र पारे पनि बाढी पिडितहरुलाई अर्को समस्या दैखा पर्न थालैका छ । कैलालीका बिभिन्न स्थानमा रहेका शिविरहरुमा ५०० भन्दा बढि बाढी पिडितहरु बिरामी परेका छन ।
बाढी पिडितहरुका लागी बनाईएका अस्थायी शिविरहर मध्ये पहलमानपुरकौ बान्ति राज्य लक्ष्मी मावि,सुख्खडको राष्ट्रिय उच्चमावि,भजनीको मोहन्याल उच्च मावि,सतिको कर्ण्र्ााी उच्चमावि,फुलवारीको,चन्र्दौदय उच्च मावि र तिकापुरको बिरेन्द्र बिधा उच्च माविमा रहेका शिविरहरुमा रहैका बाढी पिडित बिरामी परेका हुन ।
बाढी पिडितहरु स्वस्छ खानेपानी अभाव र सिनो गन्हाएर आएको दर्गन्ध कारणले बाढी पिडितहरु बिरामी परेको उपचारमा संग्लन सातौं डिभिजनका चिकत्सक बिराजमानले बताउनु भएको छ ।
शिविरहरुमा रुघाखाकी ज्वरो र टाउको दुख्ने जस्ता रोग देखा परेको छ । शिविरहरुमा बिरामीहरुलाई उपचारमा समयमै ध्यान नदिने हो भने ठुलो महामारी फैलिन सक्ने डर रहेको छ ।
September 25, 2008
जनमुक्ति सेना द्धारा राहत वितरण
Comments »
The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2008/09/25/p531/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
