- सुशिल खड्का
भौगोलिक हिसाबले हामी मातृभूमिबाट निकै टाढा भएपनि हाम्रो गरिबीले लखेटेका लाखौ नेपालीका वीच यो मरुभुमीमा आफ्नो वर्गको हक र अधिकारका लागि संघर्षरत हाम्रो संगठन पिडित वर्गमाझ एउटा सहयोगी संगठनको रुपमा स्थापित भएको छ । हाम्रो संगठनले हिमाल देखि तराइसम्म मेची देखि महाकाली सम्मका सम्पूर्ण नेपालीका हक हितका लागि आवाज उठाउदै र संघर्ष गर्दै आइरहेकेा छ । यसको स्थापना नै प्रवासमा विपत्तिमा परेका नेपालीहरुलाई उद्धार गर्दै यथोचित उपचार खोज्न र आफ्नो जन्मभुमिका लागि पनि संभव भएसम्म केही योगदान पुर् याउने उद्धेश्यले अभिप्रेरित भएर गरिएको छ । हामीलाई अचम्म लाग्ने गरेको छ अहिलेसम्मका जुनसुकै सरकारले पनि रेमिट्यान्सको बखान गर्न छाडेका छैनन् र जनयुद्धकालका सरकारहरुले त अझै रेमिट्यान्सकै कारणले मुलुकको अर्थतन्त्र धानिरहेको छ सम्म भन्न भ्याएका थिए । तर मुलुकको यत्रो अर्थतन्त्रको झण्डै आधा हिस्सा भारवहन गर्ने प्रवासीहरुको दुखको कहानी खै त कुन चाहि सरकारले सुनेको छ हामीसंग स्थानीय दलाल देखि मुख्य दलाल हुदै एयरपोर्टका कर्मचारी समेतले ठग्ने र गल्फ कन्ट्रीमा जाने कामदारहरुलाई हेप्ने गरेको तीतो अनुभव छ । सर्वप्रथम त म ती बदनाम राष्ट्रसेवक र कामदारहरुलाई धिक्कार्न चाहन्छु जसले मानव तस्करहरुसंग मिलेर लाखौ नेपालीहरुलाई विचल्लीमा पारेका छन् ।
हामीलाई आफ्नो देशमा कमाउने अवसर मिलेको भए पक्कै पनि विदेसिने थिएनौ होला । आफ्नो परिवार र जन्मभूमि छोड्नुको पीडा हामीसंग सोध्नुस् हामी आधा मरेर बाचेका छौ यो पेट र बालबच्चाका लागि त्यसमाथि यी दलालहरु र मानव तस्करहरुले हाम्रो सोझो पनको फाइदा उठाई लाखौ रुपैया त ठगेकै छन् त्यसैमा पनि यहाँ आइपुगेपछि भने जस्तो काम नपाउने काम पाइहाले पनि महिनौ तलब नपाउने र कतिपय त कतारकै एयरपोर्टमा विचल्ली अवस्थामै हामीले उद्धार गर्नुपर्ने बाध्यता रहेको छ। क्ानमा बन्दुक नपड्काएसम्म मुलुक र जनताको समस्या नदेख्ने नालायक सरकारहरुले मुलुक बाहिरको समस्या त देख्ने कुरै भएन । दुइ महिना अगाडीको कुरा हो मकाउ लगिदिन्छौ भनेर ९ महिना अघि जनही चारलाख लिइ अवैध रुपमा कतार िभœयाएपछि चेतबहादुर भन्ने एकजना व्यक्तिको अलपत्र अवस्थामा मृत्यूसमेत भएको थियो । सम्बन्धित मानव तस्कर इन्द्रबहादुर राईलाई यतै दुतावासमा दैनिक जसो भेट्न सकिन्छ । यो एउटा प्रतिनिधी उदाहरण हो । कति नेपाली बाध्यात्मक अवस्थामा सम्झौता विपरित थोरै तलबमा काम गर्न बाध्य छन् भने कति दलालहरुले कतार ल्याइपुर् याएपछि भोकभोकै यो गर्मीमा घरको छतमा बोतलमा पिसाब फेराउदै बबार्दीको जिन्दगी बाच्न बाध्य पारेका छन् । यो कुने मनगढन्ते कुरा होइन हामीले यस्ता बदमासहरुलाई कठघरामा उभ्याएपछि मात्र मुद्धा सार्वजनिक गरेका हौ । यस्ता १० २० मुद्धा हरेक दिन दुतावासमा आइरहन्छ र महामहिम राजदूत प्रत्यक्ष यसको न्यायधिस हुनुहुन्छ । सवैलाई थाहा छ यहाँ कैयौ नेपालीहरु साउदी र कतारको अनकन्टार सीमा क्षेत्रमा बर्षौसम्म गुमनाम जिन्दगी बाच्न बाध्य छन् । तपाइहरु सोच्नुस् धन कमाउन हिडेको घरको मान्छे बेखवर वेपत्ता हुदा परिवार माथि के वितेको होला र स्वयं त्यो व्यक्ति कति विक्षिप्त अवस्थामा बाचेको होला सेफ्टी अवारनेसका अध्यक्ष राधाकृष्ण देवका अनुसार हरेक महिना १२ देखि १५ नेपालीको अकाल मृत्यु भइरहेको छ र यस्तै तनाव मृत्युको प्रमुख कारण बनेको हामीले ठहर गरेका छौ भने अन्य कारणहरुमा सडक दुर्घटना असुरक्षित रुपमा जोखिमपूर्ण काम गर्नुपर्ने अबस्था र वातावरणीय प्रभाव आदि रहेका छन् जसको दर दिनप्रतिदिन डरलाग्दो अवस्थामा बढीरहेको छ । अब प्रश्न उठ्छ रेमिट्यान्सको रट लगाउन नथाक्ने राज्यले हामीलाई सौतेनी व्यवहार किन गरिरहेको छ यी सम्पूर्ण समस्यको समाधान राज्यले गर्नुपर्छ कि पर्दैन एउटा व्यक्तिको पासपोर्टमा अर्को व्यक्ति कतार आई अलपत्र परेको छ भारतीय नागरिक नेपाली राहदानीमा कतारमा काम गरिरहेको छ यसको जवाफ राज्यले दिनुपर्ने हो कि होइन
हामी हाम्रो बलबुताले भ्याएसम्म यी र यस्तै प्रकृतिका मुद्धाहरुसंग जुधिरहेका छौ त्यसैले नेपाली जनप्रगतिशील माच पिडितहरुको आशाको केन्द्र बनेको छ भने ठगी खाने वर्ग र मानवतस्करहरुका लागि बज्रसमान भएको छ । केही समय पहिलेकेा कुरा हो हामीले दलालहरुलाई समातेर कार्वाही चलाउन थालेपछि एउटा षड्यन्त्र गरियो जनार्दन कमरेडलाई जेल हाल्ने । तिनीहरुले सोच्थे कि जनार्दनलाई जेल हालेपछि नेपाली जनप्रगतिशील माच सखापै हुनेछ भनेर । हामीले यो कुरा थाहा पायौ र नेतृत्वलाई सुरक्षित गर्न सक्यौ । म यी दलाल र तस्करहरुलाई के चेतावनी दिन चाहन्छु भने यो संगठन यिनै बदमासीहरुका विरुद्ध लड्नलाई जन्मेको हो र यसले एक जनार्दन होइन दशौ जनार्दनहरु संगठन भित्र जन्माएको छ हामी हेर्नेछौ कति जनालाई यिनीहरु जेल हाल्न सक्छन् यथार्थ के हो भने जेल हाल्न त सकेनन् नै त्यसपछि त केही खलनायकहरु छट्पटिदै चिच्याउन थाले यो दुतावासको राजदूत जनार्दन हो कि के हो दुतावासको मर्यादा हामीले नै जोगाउनुपर्छ भन्ने पनि तिनले विसे्र । हिजोसम्म यही दुतावास हो तिनीहरु यसकै छत्रछायामा रक्सीले मातेर बेहोस हुने गर्दथे र आफ्नो इच्छा अनुसार नेपालीलाई ठग्ने कामको चोचोमोचो मिलाउथे । हामीसंग यसका जिउदा जाग्दा प्रमाणहरु छन् । आज महामहिम डा। सूर्यनाथ मिश्र ज्यूले हामीसंग स्पष्ट भन्नु भएको छ कि मुठ्ठीभर लुट्ने बर्गसंग होइन उनान्सय प्रतिशत पिडीत नेपालीको पक्षमा छु । त्यसैले यिनलाई अहिले यही दुतावास विरानो भएको छ र भाउन्न भएको छ यिनलाई र जथाभावी वोल्न र गर्न थालेका छन् । त्यतिले मात्र नपुगेर यो संगठित गिरोहले हामी नजिक भएका केही व्यक्ति प्रयोग गरि क। जनार्दनलाई कतारमा मार्ने षड्यन्त्र भैरहेको छ भनेर वहाको घरसम्म बारम्वार फोन गरेर परिवारलाई समेत विचलित पार्ने काम गरियो । म सम्माननीय कमरेडहरुका अगाडी जोडदार रुपमा यो माग राख्न चाहन्छु कि वैदेशिक रोजगारलाई तत्कालै व्यवस्थित गरियोस् र विदेशमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुको लागत राखियोस् साथै मानव तस्करहरुका विरुद्ध ठोस कार्यवाहीको सिलसिला शुरु गरियोस् ।
म अलिकति मुलुक तर्फवाट फर्कन चाहन्छु । अहिले मुलुकमा सत्ताको बागडोर नेपाली क्रान्तिका नायक क। प्रचण्ड को हातमा थामिएको हाम्रो तर्फ्रवाट र सम्पूर्ण प्रवासीहरुको तर्फवाट बधाई तथा शुभकामना छ । फेरी पनि हामी साह्रै खुसीले उप्रुेका छैनौ । यसको कारण के हो भने यो सरकारले जनपक्षिय रुपमा काम गर्न थालेपछि सामन्तवादीहरुको जनतामा राजनैतिक पकड गुम्ने डरले जतिबेला पनि सरकार गिराउन सक्नेछन् र त्यसमा बाहिरी शक्तिले पनि त्यतिकै चलखेल गर्नेछ । अर्को कुरा भर्खरै नेपाली राजनैतिक रंग माचमा एउटा नया नाटक माचन भएको छ राष्ट्रप्रमुख र उपप्रमुख चुन्ने क्रममा । नेपाली राजनीतिका तेस्रो िलंगीहरुको पुर्नमिलनलाई खुब चाख दिएर हेरे जनताले । हामी सवैलाई थाहा थियो यी नपुंशकहरुबाट जनताको लागि खासै केही पनि जन्मदैन । भयो पनि त्यस्तै त्यत्रो जनयुद्ध र जनआन्दोलनपछि ऐतिहासिक उपलब्धीको रुपमा प्राप्त व्यक्ति त ूहमारा भारत महान् है ू भन्ने शैलीमा प्रस्तुत भए र सम्पुर्ण नेपालीको आत्मसम्मानमा चोट पुर्याए। बरु उनले मिैथलीमा सपथ लिएको भए हामीलाई चित्त बुझ्ने थियो । यी नपुंशकहरुले त्यस्तो गरिमामय पदमा यस्तो भ्रष्ट व्यक्तिलाई पुर्याएकि जसले न्यायलयको प्रतिष्ठा माथि बाराम्बार आघात पुर् याएका थिए र तस्करहरु संग मिलेर अकुत सम्पति जोडेका थिए आम जनताले उनीलाई चरेशानन्द भनेर पनि चिन्ने गर्छन । यसको प्रमाण त नेपाल बार एसोसियसन संग पनि सुरक्षीत छ ।
जे होस जनताको न्यायलयमा यस्ता बदमासहरु नाङ्गिसकेका छन् र बाकीलाई समयले राम्रै झापड हान्ने छ । हाम्रो आशा के हो भने ने क पा माओबादीको नेतृत्वमा बनेको सरकारले अहिले सम्मको बदनाम सत्ता सन्चालनको प्रबृत्तिलाइ क्रम भङ्ग गर्ने छ र एमाले काग्रेसले गरे जस्तो सत्ता दुरुपयोग र राष्ट्रघाति महाकाली सन्धी जस्तो गम्भिर अपराधको मुल्याङ्कन गर्ने छ भनेर हामी बिश्वास गर्छाैं । हामी सम्माननिय कमरेडहरु मार्फत राज्यको ध्यान आर्कषण गराउन चाहान्छौ कि सन्दकपुरको ल्य No Mens Line मा भारतीय मोटरहरु गुड्छन् माइमझुवा र सुस्ताका नेपालीहरु हरेक रात लुटिन्छन् लाखौ नेपालीहरु राज्य कहा छ भन्ने अनुभुति नै नभै नेपाली धर्तिमा बाचेका छन् । यो शिलशिला अब बन्द हुनु पर्छ र अब राज्य त्यहा त्यहा पुग्नु पर्छ जहा जहा नेपाली छन् ।
अन्त्यमा यस भन्दा अगाडी सत्तारोहण गर्नेहरुको मात्र जीबनशैलीमा आमुल परिबर्तन भएको हामीले देखेका छौं तर अब आमुल परिबर्तन साच्चिनै जनताको घर दैलोमा पुगोस भन्ने हाम्रो अभिलाषा हो ।
लेखक माचका सल्लाहकाकार संयोजक हुनुहुन्छ
