क्रान्तीकारी नेपाल


August 18, 2008

कुरेली छहरामा ढलेको एक योद्धा

Filed under: Sahid Gatha


मृत्युभित्र जीवन नदेख्नेहरु र जीवनभित्र मृत्यु नदेख्नेहरुको निम्ति बाँच्नुको कुनै अर्थ छैन । मृत्युसँग लड्नु नै जीवन हो । जीवन र मृत्युको परिभाषा नजान्नेहरु यो संसारमा जन्मेर पनि मूर्दासरह नै हुन् । जीवन र मृत्युको परिभाषा बुभुने जो कोहीले पनि स्वाभिमान बचाउन र स्वाधिनता प्राप्त गर्न लड्दा भौतिक शरिर ढलेर गएपनि उसको आस्था कहिल्यै ढल्दैन हाडखोर गलेर गएपनि उसको विचार कहिल्यै गल्दैन । ढालेर कहिल्यै नढल्ने मरेर कहिल्यै नमर्ने अजम्बरी मृत्यु रोज्ने एक योद्धा हुनुहुन्छ सहिद क।पृथ्वी बुढामगर ुअविरलु ।

उहाँको जन्म जनयुद्धको उद्गम स्थल रोल्पा जिल्लाको कुरेली-४ तरान झारकोट गाउँमा बुवा इन्द्रबहादुर बुढा र आमा बुद्धिमाला बुढामगरको कोखबाट कान्छा छोराको रुपमा २०३४ साल जेष्ठ ४ गतेका दिन भएको थियो । उहाँका दुई दाजू र एउटी बहिनी हुनुहुन्छ । निम्न किसान परिवारमा जन्मिनुभएका उहाँले कक्षा ९ सम्म अध्ययन गर्नुभएको थियो । आपुू सानो छँदै आमाको दुःखद निधनपछि मातृवात्सल्यबाट विाचत उहाँले त्यसपछि अध्ययनलाई पनि अगाडि बढाउन सक्नुभएन । वर्गसंघर्षकै बेलादेखि वर्गदुश्मनप्रति तीव्र घृणा र आक्रोश पैदा गर्ने उहाँ गरिबीकै कारण घरव्यवहार धान्न कहिले भारतका कालापहाडमा पुग्नुभयो त कहिले गाउँमै । गैटत-बेल्चासँग खेल्दै कठीन मेहनतका साथ गरेको कमाईले घर धान्न मुस्किल मुस्किल पर्ने गर्दथ्यो । दुई दाजुहरु पहिले नै अंश लिएर अलग भइसक्नुभएको थियो । बुवा र बहिनीको मृत्युपश्चात् थप चुनौतिहरु आइलागे उहाँलाई ।

स्वभावले उहाँ सरल मिलनसार इमान्दार र कर्तव्यप्रति निष्ठावान् हुनुहुन्थ्यो । आपुनो वर्गप्रति ज्यान दिन तयार हुने तर वर्गवैरीप्रति तिव्र घृणा आक्रोश र आगो ओकल्ने सहिद क।पृथ्वीले २०५३ साल असारमा गाउँकै पवित्रा घर्तीमगरसँग बैबाहिक सम्बन्ध कायम गर्नुभएको थियो । जनताको मुक्तिका निम्ति लड्ने पार्टी भनेको नेकपा माओवादी नै हो भन्ने बुझाई र आपुनै जेठो दाजूको प्रेरणाले विभिन्न जवसहरुमा संगठित हुँदै माओवादी पार्टीको सदस्य समेत प्राप्त गर्नुभएको थियो । घरव्यवहार धान्न गाह्रो भएकोले उहाँ पूर्णकालिन भने हुन सक्नुभएको थिएन ।

वर्गयुद्ध उचाइतिर चढ्दै गर्दा जनताका ज्यानी दुश्मनहरुको निदहराम भई छट्पटाहट पैदा हुँदै गयो । आपुनो कमाई खाने भाँडो सत्ता र कुसर्ी जोगाउन सिआइडी र सुराकीहरु परिचालन गर्न थाले । दुश्मनले सुराकी परिचालन गर्ने क्रममा गाउँकै आइते बुढाकी श्रीमती कमेनी बुढा र बहिनी पूरा बुढालाई सुराकी बनाएर प्रयोग गरेपछि उनीहरुको सुराकीमा इलाका प्रहरी कार्यालय कुरेलीबाट निस्किएको नरपिचास जल्लादहरुको टोलीले २०५५ साल चैत्र १ गते बिहानको समयमा सहिद क।पृथ्वीको घर घेराउ गरे । निशस्त्र अवस्थामा घरमै दाउरा चिरिरहेको अवस्थामा दुश्मनले उहाँलाई गिरपुतार गरे घरमा खानतलासी लिए घरभित्र भएको अन्न नगद गरगहना भाँडकुँडा केही नराखी सबै लुटेर लगे ।

गिरपुतारीपश्चात् उहाँलाई दिएको यातनाको बयान गरी साध्य छैन । मानवीय संवेदना नभएकाहरुले दिने यातना भनेको त्यस्तै हुन्छ होला । हात पछाडि बाँधेर तेरो दाजू कहाँ छ माओवादी कहाँ बस्छन् भन्दै अमानवीय र निर्मम यातना दिदै लतार्दै घिसार्दै दुष्टहरुले उहाँलाई चौकीमा पुर् याए । चौकीमा पुर् याइसकेपछि पनि यातनाका सबै हत्कण्डाहरु अपनाए । नङमा पिन ठोक्दा छाती र तिघ्रामा छुरी प्रहार गर्दा छाला चिरेर नुनचुक दल्दासमेत केही नपाएपछि वर्गवैरीहरुले सोही दिन राती अर्धमृत अवस्थामै उहाँलाई कुरेली छहरा खोलामा लगेर दबाएका थिए ।

यसरी दुष्टहरुले सहिद क।पृथ्वी बुढामगर ुअविरलुको भौतिक शरिर ढाले पनि उहाँको अजम्बरी आस्था विचार क्रान्तिप्रतिको लगाव र झुकावलाई ढाल्न सकेनन् । बरु उहाँ र उहाँजस्तै हजारौं सहिदको बलिदानीले जनयुद्ध विजयको उचाईमा पुगेरै छाड्यो । सहिदको रगतको कणकणबाट रक्तबीज जन्मियो र रक्तबीजबाट अहिले देशमा सामन्ती राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएको छ तर अझैं पनि वर्गदुश्मनहरुसँगको लडाई सकिएको छैन सहिदका सपनाहरु पूरा भएका छैनन् त्यसैले सहिद पृथ्वीलगायत सम्पूर्ण महान सहिदहरुको सपना साकार पार्न नयाँ लडाईको खाँचो भइसकेको छ । क्रान्ति जारी छ ।

प्रस्तुती ः जयकुमार बुढामगर

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2008/08/18/p511/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons