मिति ः २०६५ भदौ १ गते
भारतीय विस्तारवाद विरुद्ध सशस्त्र आन्दोलन गर्दै आएको यस राष्ट्रिय मुक्ति सेना नेपालले विस्तारवादी भारतीय ुरअु का एजेन्टहरुमाथि ुठोस परिस्थितिमा ठोस कारवाहीु अन्तर्गत राष्ट्रिय भाषा र मातृभाषालाई छोडेर विदेशीलाई खुशी पार्न हिन्दी भाषामा शपथ खाने परमानन्द झामाथि भौतिक कारवाही गरेको जानकारी सगौरव गराउँदछौं । यसअघि यस संगठनले पटक पटक आत्मालोचना गरेर नेपाली जनतासामू माफी माग्न तथा विस्तारवादी रअको एजेन्ट त्यागेको सार्वजनिक घोषणा गर्न गरेको आग्रह र अल्टिमेटमलाई वेवास्ता गर्दै उल्टै जनतामाथि चलखेल जारी राखेकोले हामी भौतिक कारवाहीको लागि बाध्य भएका हौं । हामी नेपाललाई वैदेशिक हस्तक्षेप बिनाको स्वतन्त्र मुलुक र जनताले निर्णय अन्तिम हुने सार्वभौम सत्ता सम्पन्न मुलुक बनाउन चाहन्छौं । नेपाल र नेपालीको अस्तित्व रक्षाको लागि जतिसुकै बलिदानी गर्न पनि तयार रहेको यस संगठनले आगामी दिनमा कुनै पनि नेपालीलाई भारतीय रअको एजेन्ट नबन्न र बनेको भएमा यथासक्य चाँडो सार्वजनिक रुपमा त्याग गरेको घोषणा गर्न आग्रह गर्दछौं । साथै हामी नेपाल र नेपालीविरुद्ध कुनै प्रकारको युद्ध गर्ने लक्ष्य बोकेको संगठन भई विशुद्ध सार्वभौम नेपालमाथि विभिन्न प्रकारका हस्तक्षेपहरु जारी राखी दिल्लीबाट चल्ने रिमोटको अन्त्य गर्न चाहन्छौं । नेपाली जनताले दुई सय ४० वर्षे निरंकुश तानाशाही शाह वंशीय राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छन् । तर यो कलिलो गणतन्त्रलाई भुटानीकरण हुँदै सिक्किमीकरण गर्ने अभियानमा यतिखेर विस्तारवाद लागि परेको छ । त्यसैले हामी आफ्नो स्वाभिमान राष्ट्रियताको रक्षाको लागि नेपालबाट रअको संगठन ध्वस्त पार्न चाहन्छौं । विदेशीको बुइृ्र चढेर नेपाल र नेपालीमाथ घात गर्ने जो कोहीलाई पनि नेपाली भएर बाँच्ने अधिकार छैन भन्ने हाम्रो संगठनको ठहर छ । राजनीतिक दलको आडमा विस्तारवादका एजेन्ट बन्दै नेपालको सत्ताको साँचो दिल्लीमा सुम्पनेहरुलाई फेरि पनि एक पटक हामी आग्रह गर्दछौं कि कम्तिमा नेपाली जनताको लागि मातृभूमिको लागि तपाईहरुले रअको एजेन्ट त्यागिदिनुस् ।
हाम्रो यस राष्ट्रिय मुक्ति युद्धमा स्वाभिमानी नेपाली जनताले साथ दिनुहुनेछ भन्ने विश्वासका हामीले लिएका छौं ।
क्रान्तिकारी अभिभावदन सहित धन्यवाद ।
