न्ोपालको इतिहासमा स्वर्ण अक्षरले लेख्दै नेपाली संघीय लोकतान्त्रिक गणतन्त्रको प्रथम प्रधानमन्त्रिको रुपमा संविधान सभावाट दुइ तिहाइ भन्दा वढी मत ल्याई निर्वाचित हुनुभएकोमा हामी नेकपा माओवादीका अध्यक्ष क प्रचण्डलाई हार्दिक वधाई ज्ञापन गर्दछौं। न्ोपाली जनताको जनादेशलाई स्वीकार गर्दै यस अग्रगामी कदमलाई प्रस्ताव र समर्थन गर्दै यसको पक्षमा मतदान गर्ने नेकपा एमाले र मधेशी जनअधिकार फोरम लगायत अन्य दलहरुका सभासद्हरु तथा स्वतन्त्र सभासद्हरुमा र यो महान कार्य सुम्पने नेपाली जनतालाई हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
न्ोपाली जनताको आवस्यकता र चाहना वमोजिमको सार्वभौम र सुसम्पन्न नयां नेपाल निर्माण गर्ने स्पष्ट प्रतिवद्धता सहित महान शहिदहरुको विचारले लैश सर्वहारा वर्गीय क्रान्तिकारी पार्टी नेकपा माओवादीका अध्यक्ष नै यस गरीमामय पदमा निर्वाचित हुनुभएकोमा अव नेपाली जनताले तत्कालको लागि आफ्नो जनजीवनमा राहत तथा वास्तविक अर्थमा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको लेखन भई त्यसको कडाइका साथ कार्यान्वयन हुने कुरामा विश्वास गर्ने वातावरण वनेको छ ।
न्ायां नेपालको पुर्ण रुपमा पुनस्रंरचना गर्नको लागि जातीय तथा क्षेत्रीय आधारमा स्वायत्तता तथा सम्पुर्ण उत्पिडित जातीक्षेत्रिलं¨ तथा उत्पिडित वर्गलाई विशेषाधिकारको व्यवस्था सहितको नयां नेपाल निर्माण गर्नको लागि रणनैतिक दृढता र कार्यशैलिमा लचकताको वीचको तार्किक तालमेल र यसलाई कुशलतापुर्वक नेतृत्व प्रदान गर्ने क प्रचण्ड अव नेकपा माओवादीका मात्र नेता नभइ सम्पुर्ण नेपालीको मार्गनिर्देशक वन्नुभएको छ ।
साम्राज्यवाद र विश्व सर्वहारा वर्ग वीचको अन्तरविरोधको यो पेचिलो लडाईंको परिवेशमा सर्वहारा वर्गका नेताको नेतृत्वमा नेपाल सरकारले जनमुखी कार्यक्रमहरु लिएर अगाडि जान अत्यन्तै कठिन र चुनौतिको विषय हुंदाहुदै पनि नेपाली जनताको पक्षमा खरो भएर उत्रनमहान शहिदहरुको मार्गनिर्देशन अनुसार र क्रान्तिकारी संघर्षवाट विचलित नभै आफ्ो पार्टी पंक्तिलाई सर्वहारा अनुशासनमा चुस्त दुरुस्त राख्न क प्रचण्डको यो नयां खालको कार्यकाल पनि सफल रहोस भन्ने हामी कामना गर्दछौं ।
यो नयां नेपाल निर्माणको महान कार्यमा आ आफ्नो ठाउंवाट तथा संगठित रुपमा सचेत भएर सहयोग गर्नहुन हामी सम्पुर्ण प्रवासी नेपालीहरुलाई यसै सन्देश मार्फत अनुरोध गर्दछौं।
संयुक्त नेपाली मोर्चा युरोप
अध्यक्ष नवीन सापकोटा
नेपाली जनजाति सरोकार माचयुरोप
अध्यक्ष राम वहादुर गुरुङ्घ
नेपाली जनप्रगतिशिल मंच बेल्जियम
अध्यक्ष विष्णु भुजेल
नेपाली जनजाति सरोकार माच वेल्जियम
अध्यक्ष गम वहादुर गुरुङ्घ
नेपाली जनप्रगतिशिल मंच फ्रान्स
अध्यक्ष अशोक घले
अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंचजर्मनी तेश्रो राष्ट्रिय सम्मेलन आयोजक समितीका
संयोजक प्रभाकर शर्मा
अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंचस्वीट्जरल्याण्ड
अध्यक्ष्य अशोक चौलागाई
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा पोर्चगल
अध्यक्ष राम व गौचन
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा नेदरल्याण्ड
संयोजक तुलसी अंगाई
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जर्मनी
अध्यक्ष गंगालाल श्रेष्ठ
नेपाली जनप्रगतिशिल शान्ति समाज अष्ट्रिया
अध्यक्ष राजेस खतिवडा
नेपाली समाज युके सम्मेलन आयोजक समितिका
संयोजक सुरेश गौतम
नेपाली जनप्रगतिशिल मंच स्पेन
अध्यक्ष ईश्वर शर्मा
नेपाली समाज रोम इटाली
अध्यक्ष वावुराम खतिवडा
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियम
महासचिव कृष्ण तिवारी
अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंच स्विजरल्याण्ड
अध्यक्ष अशोक चौलागाई
नेपाली समाज नर्वे
स्ांयोजक डा कृष्ण अर्याल
मगर राष्ट्रिय मुक्ति मोर्चानेपाल इकाई समिति वेल्जियम
संयोजक कुल व मगर
नेपाली प्रगतिशील महिला माचवेल्जियम
संयोजक कल्पना मगर
नेपाली जनप्रगतिशील माच डेनमार्क
संयोजक उदय गौतम
१६ अगष्ट २००८
