क्रान्तीकारी नेपाल


April 20, 2008

मलेसियामा भब्यरुपले विजयउत्सव

Filed under: News

महान गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टी (माओवादी­) संविधानसभा निर्वाचनमा अत्याधिक बहुमत ल्याएर विजयी भएकोखुशीयालीमा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी­) समर्पीत नेपाल क्रान्तिकारी संगठन मलेसियाले आज क्वालालम्पुरमा एक कोणसभा तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरी विजय उत्सव मनाएको छ ।

कार्यक्रम बीर शहिदहरुको सम्झनामा एक मिनेटको मौनधारण पश्चात सुचारु रुपमा अगाडि बढाउदै पार्टीका महान गौरवशाली नेता क.प्रचण्ड र क.बाबुराम भट्टराई को फोटोमा सभापती लगायत सम्पूर्ण उपस्थित कमरेडहरुले अविर तथा मार्ल्यपण गरेका थिए ।

संगठनका संयोजक क. श्याम भण्डारी (शक्ति) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा श्रीअभिलेख साप्ताहिकका रामचन्द्र गीरी, कुमार चेम्जोङ, केशव नारायण अधिकारी, विष्णु राना, शिवलाल सुवेदी अतिथी रहेका थिए, अन्य उपस्थितीहरु हरिराम भण्डारी, प्रविन मोक्तान, सोतोन चेम्जोङ, सुबास चेम्जोङ, कृतिमा चेम्जोङ, राजु जवेगु, पुरण आलम, गणेश कुमार चौधरी, रबिन्द्र कडेल इन्द्र गीरी लगायत सयौको संख्यामा यहाँस्थित मजदुरहरुको उपस्थिती रहेको थियो। मन्तब्यको क्रममा संगठनका प्रवक्ता क. विके कडेल ले स्वागत मन्तव्य संगै प्रवासमा क्रान्तिकारी संगठनको आवष्यकता तथा स्वदेशको राजनैतीक अवस्थाबारे विष्लेषण गर्नुभएको थियो ।

त्यसैगरी संगठनका उपसंयोजक क. ब्रि्रोही चेम्जोङले संगठनको गतिबिधी प्रष्ट परेका थिए साथै प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी­) ले अग्रता कायम गरेकोमा प्रवासीहरु हर्षित भएको कुरा पनि व्यक्त गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी­का उमेद्वारहरुले अत्याधिक बहुमत ल्याएर विजयी भएको खुशीयालीमा उक्त कार्यक्रमको आयोजना गरेका संगठनका सचिव क.डिकेश भट्टराइ ‘सन्देश’ले जानकारी गराउदै कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।

सर्वहारा बर्गको मुक्तिकालागि बिश्वका मजदुरहरु एकभई लाग्नुपर्ने र मलेसियामा रहेका नेपालीहरुबीच भएको बिकृती र बिसंगतीको बिरुद्धमा एक सभ्य समाज निर्माण गर्नकोलागि उदाएको यो नेपाल कम्यूनिष्ट पार्टी (माओवादी­) समर्पीत नेपाल क्रान्तिकारी संगठन मलेसियामा रहनुभएका सम्पूर्ण मजदुर, बुद्धीजिवी, ब्यापार-ब्यावसायी, विद्यार्थी तथा संघ-संगठन काँधमा काँध मिलाई अगाडि बढ्न आव्हान गर्दै कार्यक्रमको समापन गर्नभएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2008/04/20/p453/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons