क्रान्तीकारी नेपाल


April 20, 2008

कतारमा विजय उत्सव मनाइयो

Filed under: News


हरि नेपाली /कतार

नेपाली जनयुद्धको विशिष्ट मोडमा १४ हजार नेपालीहरुको बलिदानीबाट सिर्जित संविधान सभाको चुनाव अपेक्षाकृत भव्य र शान्तिपूर्ण तरिकाले सम्पन्न भैसकेको छ भने त्यसका परिणामहरु दशकौ देखि राज्यसत्ताको केन्द्रविन्दूमा बसेर जनताको नाममा हालीमुलाली गर्ने तत्वहरुलाई धूलो चटाउदै र्सवहारा वर्गको अग्रदस्ता ने क पा (माओवादी)को पक्षमा गएको छ । जसले गर्दा ने क पा (माओवादी)ले उठाउदै आएको राष्ट्रियता र जनजिविकाका सवालहरुलाई जनताले स्पष्ट ढंगले सहयोग र र्समर्थन गरेको देखिएको छ । यसै संविधान सभाको निर्वाचन मार्फ नै जुनसुकै तत्वहरुले हामी जनताको पक्षमा छौ भनेर डिङ्ग हाक्दै हिडे पनि को कति पानी माथि हो भन्ने कुराको स्पष्ट जवाफ जनताले नै दिएको छ । नेपालमा भएको ऐतिहासिक संविधानसभाको चुनावले युगान्तकारी छलाङ्ग मार्दै ने क पा (माओवादी) ले बहुमत सहित विजय हासिल गरेको सर्न्दर्भमा नेपाली जनप्रगतिशील मञ्च कतारले विजयोत्सव भब्यतापूर्वक सम्पन्न गरेको छ ।यही अप्रील १८ तारिखका दिन अलखोर स्थित पब्लिक गार्डेनमा माओवादी समर्थित नेपाली जनप्रगतिशील मञ्चसंग आवद्ध व्यक्तिहरु वीच बनभोज कार्यक्रमको आयोजना गरि मनाइएको थियो । मञ्चका केन्द्रिय अध्यक्ष जनार्दन गिरीबाट सम्पपूर्ण उपस्थित महानुभवहरुलाई अविर दलेर सुरु गरिएको उक्त कार्यक्रममा एकआपसमा अविर दलेर हर्षोल्लास गरिएको थियो । उक्त अवसरमा वोल्नुहुदै अध्यक्ष गिरीले भन्नुभएको थियो “सामन्ती राज्यको शोषण र उत्पीडनको कारणले विदेसिन बाध्य हामी नेपालीहरु र्सवहारावर्गको राज्यस्थापना संगसंगै स्वदेश फर्किएर आङ्खना सीप र श्रमलाई नेपाल र नेपालीको हितमा नै लगाउनु पर्छ । ” विदेशीका सम्पूर्ण यूवाहरु नेपालमै फर्किएर र्सवहारावर्गको नेतृत्वमा बन्ने सरकारको हरेक कदममा र योजनाहरुमा हातमा हात र काँधमा काँध मिलाएर अघिबढ्नुपर्छ ।” अध्यक्ष गिरी थप्नुहुन्छ ।

त्यस्तै नेपाली जनप्रगतिशील मञ्च पर्ल कतार अर्न्तगत क्याट कम्पनीमा पनि बिजयोत्सव भव्यताकापर्ूवक सम्पन्न गरिएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2008/04/20/p452/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons