क्रान्तीकारी नेपाल


August 28, 2007

रियाद दूतावासमा पटके राजावादी कुंभ मेला

Filed under: Articals

मोती चाम्लीङ्ग प्रवासवाट
प्रवासमा स्थापित नेपाली कुटनिति नियोगको कार्यकुशलतालाई साउदी अरवमा नियाल्दै आएको सातौं वर्षरु बितिसकेका छन् । नेपालको राजनितिमा कायापलट आउनु अघि र पछि दुवै समयपरिवेशभित्र रियाद दूतावास भू.पू. राजालाई स्तुति स्तोत्र फलांक्ने राजावादीहरुको केन्द्रको रुपमा स्थापित हुन पुगेको छ । यस्तो किन र कसरी भइरहेको छ भन्ने प्रश्नको जवाफ भित्र अनेक ज्वलन्त प्रमाणहरु धारावाहिक रुपमा पेश गर्न सकिन्छ । नचाहदा नचाहदै पनि यी हकिकत ओकल्नु पर्ने अवस्था श्रृजना हुन पुगेको छ । एक चोटले ज्ञानी हुन्छ धेरै चोटले वानी होला भन्ने त्रासले पनि नेपाली दूतावास रियादको आवरणलाई छापामा धमिल्याउन अनुचित लाग्दथ्यो तर एक चोट पार्नै पर्ने वाध्यता दूतावास आफैले श्रृजना गरिदिएको छ ।
निराक्षर, शीपविहिन तथा अर्धशील्पी नेपाली कामदार जनशक्ति अत्याधिक मात्रामा निर्यात हुने देश साउदी अरवमा नेपाली श्रमिकहरुको समस्या र श्रम संझौताका पालनाहरु व्ाारे वेखवर प्राय वनेर गुज्रिरहेको दूतावास रियादले आफनो काम र कर्तव्य के कति पूरा गरेको छ या छैन, त्यो चाहिं नेपाल सरकारले अनुगमन गर्ला किन्चिद यो कुटनैतिक संस्थाको औचित्यवारे साउदी अरवमा प्रश्न चिन्ह खडा भएको छ । रियाध दूतावासले यो विवादीत मोहराको कलेवर त्यतिखेर नै स्थापित गरयो जतिखेर मकरतन्त्रको चरमोत्कर्षे देशविदेशका नेपाली आत्माहरु आहतको पोखरीमा पौडिन बाध्य थिए । जनआन्दोलनमा उठेका इन्क्लावको नाराले नछुने रित्तो मन भएका केहि नेपाली संस्थाका एक र्ढाई दर्जन स्वघोषित कथित प्रवासी नेता र कावा राजदूत तथा मिनिस्टर कन्सुलर प्रकाश सुवेदीको संयोजकत्वमा तत्कालीन राजा ज्ञानेन्द्रको चिरायु र सुशासनको स्तुति स्तोत्र संगति शुभजन्मोत्सव साउदी अरवमा सम्पन्न गरे । त्यो सांझ समग्र नेपाल र नेपालीले निरंकुश हुकुमी राजाको बिरोध जताउदै दिलैदेखि व्ल्याक आउट गरिरहेका थिए तर अपवाद नै भनौं, साउदी अरवमा चिरायुको कामना मात्र होइन निरंकुश तानाशाहकोे सुसानको स्वागत गर्दै दियो वाले ।
जतिवेला आन्दोलनकारीहरुको भिडभित्र गोलीका पर्रर्ाा छुटे र शहिदहरु भर्ूइंमा ढलिरहेका थिए, त्यति नै वेला नेपाली दूतावास रियाधमा खुशीका अट्टहासमा खसि र वोका ढाले । वर्तमान सरकारका मुखियाहरु जसले आन्दोलनको नेतृत्व गरिरहेका थिए तिनको शरिरै भरी कालोबुटकोे नीलडाम मात्र होइन मकरतन्त्रे कठवासका प्रहारले कपाल फोडेर आन्दोलनकारीहरु आफै एम्वुलेन्स बनी अस्पताल दौडाइरहेका थिए त्यति नै वेला दूतावासको कुंभ मेला धाउने झंाकीहरु प्रतिकिलोमिटर १६० को वेगमा साउदीको फराकिलो चिल्लोवाटो हइुंकिरहेका थिए । त्यो मेलामा नित्यान्तै राजावादीहरु सामेल थिए । जनता र देशका खातिर नेपालको जनआन्दोलन भाग २ सफल पार्न अहोरात्र कलम चलाउने साउदी अरवका प्रवासी लेखक, शुभचिन्तक र आन्दोलनलाई हरकोणवाट सहयोग गर्ने जनवादी व्यक्तित्वहरुका नजरवाट गुपचुप आयोजना गरिएको सो कथित शुभजन्मोत्सव कार्यक्रमले ज्ञानेन्द्रको सुशासन र दिर्घर्ााको कामयावीमा कति वल पुग्यो पुगेन तर परिवर्तन र क्रान्तिलाई नयां राष्ट्रको आरजु वाल्ने उपासकहरुलाई गहिरो चोट पुग्यो । के मुलुकप्रति संवेदनशील कुटनैतिक नियोगले बिषम परिस्थितिमा तटस्थता अपनाउनु अपराध हो - त्यसदिनदेखि साच्चिकैमा भन्नु पर्दा रियाध नेपाली राजदूतावासको व्यवस्थापन प्रारुप शंकाको घेराभित्र परेको छ । यो यर्सार्थमा परेको छ जहांवाट गणतन्त्रवादी अग्रगामी प्रवासीहरुको राय सुझाव र सल्लाह लिने त कहां कहां नयां व्यवस्थापिका अन्तरगत वनेको सरकारी चासो भन्दा वाहेकका वेतुके कथित अन्तरकृयाको आयोजना गरि पटक पटक दूतावासको काम कर्तव्यमा पर्ने दायित्व भन्दा वाहिरका गैरक्रियाकलापमा तल्लीन छ । परिवर्तित नेपाल सरकारले राजदूत नियुक्तिमा ढिलाई गर्नुको परिणाम आज रियाध दूतावासले जनहित विपरीत कदमहरु चाल्ने अखडाको रुपमा आफूलाई प्रयोग गर्दै आएको महसुस भएको छ । ज्ञातव्य रहोस वर्तमान वार्यवाहक राजदूत तथा मिनिस्टर कन्सुलरको पदमा आसिन श्री प्रकाश सुवेदी ज्यूले मन्त्रीपरिषद अध्यक्ष ज्ञानेन्द्रका कार्यकालमा यहां नियुक्ति लिनु भएको थियो ।
हामी चाहन्छौं राज्यको प्रतिनिधित्व गर्ने कुटनिति संस्थाले आफनो मर्यादामा रहेर प्रवासी नेपाली नागरीकहरुवीच समन्वय कायम गरोस । मुलुक संबिधान सभाको तयारीमा जुटिरहेको वेला षडयन्त्रको गन्ध आउने क्रियाकलापहरु तत्काल वन्द गरोस । आज जे लेखियो हकिकतमा देखिएका तथ्यगत आधारको सहाराले लेखिएका हुन् । यसप्रति नेपाली जनप्रगतिशील समाजलेे यश र अपमान वा घाटा र नाफाको कुनै पनि अपेक्षा नराख्ने यथार्थ र्छलङ्ग पार्न हर प्रयत्न गर्ने छ । जो सदैव देश र जनताका लागी समर्पीत छ उसलाई कुनै पनि जनबिरोधि त्र[mयाकलापको भण्डाफोर गर्न वाधा महसुस हुने छैन । अस्तु ।

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2007/08/28/p376/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons