क्रान्तीकारी नेपाल


August 26, 2007

लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङको गठन

Filed under: News

गत १ मे २००७ का दिन हङकङमा रहेका नेपाली समाजका सचेत तथा वौद्धिक व्यक्तित्वहरुको सहभागितामा सम्पन्न अन्तर्त्रिmया कार्यक्रम पछि भएको सहमति अनुसार नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग पुर्‍याउनका निम्ति हङकङमा पनि लोकतान्त्रिक गणतन्त्र मोर्चा गठनको आवश्यकता रहेको र्सवसम्मत सहमत को आधारमा यही मिति १३ मे २००७ आइतवारका दिन हङकङमा रहनु भएका संपर्ूण्ा प्रगतिशील, प्रजातान्त्रिक देशभक्त एवं लोकतान्त्रिक गणतन्त्रवादी नेपालीहरुको उपस्थिती र सहभागितामा लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङको गठन गरिएको छ ।
नेपाली जनअधिकार सरोकार समाज(हङकङको आयोजनामा जोर्डन स्थित नाचघरको सभाहलमा आयोजित भेलामा उपस्थित नेपाली जनसमुदायका जनादेश अनुसार मोर्चा गठन प्रक्रियालाई प्रजातान्त्रिक वनाउन(जनजाति महासंघ हङकङका अध्यक्ष नरहाङ र्राई, नेकपा-माले) हङकङ सम्पार्क मञ्चको अध्यक्ष चन्द्र मादेन, र वौद्धिक व्यक्तित्व गणेश राना -स्वतन्त्र) तीन जनाको अध्यक्ष मण्डल गठन गरी नाम छनोटको लागि पर्ूण्ा अधिकार सहित जिम्मेवारी दिइएको थियो ।
आफ्नो जिम्मेवारीलाई विवाद रहित पुरा गर्न अध्यक्ष मण्डलले १ घण्टको छलफल पछि थपघट गर्न सकिने गरी २३ जनाको प्रस्तावित नाम प्रस्तुत गर्नु भएपछि, त्यसलाई केही छाँटकाँट गरी जिम्मेवारी तोक सहित अन्तिम रुप दिन ३० मिनटको थप समय पछि राम काजी र्राईको अध्यक्षतामा पछि एक जना थप गर्ने गरी १९ सदस्यीय लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङ कार्य समितिको नामवली भेलावाट अनुमोदन गर्राई घोषणा गरिएको थियो । जस अनुसार उपाध्यक्षमा गणेश राना रहनु भएको छ भने सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षमा क्रमशः(शेर बहादुर खापुङ, पर्ुण्ा लोक्सम, वाल कुमार र्राई, एल वी गुरुङ्ग रहनु भएको छ । त्यसै गरी सदस्यहरुमाः( र्राई चन्द्र दुमी, नरेन्द्र र्राई, कृष्ण बहादुर लिङखा, त्रिभुवन लुङफुवा, पर्ुण्ा कुमार तामाङ, गीता पालुङवा, वशन्ता र्राई, पवन वस्नेत, राम कुमार र्राई, जगत बहादुर गुरुङ्ग, प्रेम चन्द्र र्राई, चन्द्र मादेन रहनु भएको छ ।
नेपाली जनअधिकार सरोकार समाज(हङकङका अध्यक्ष मंगलवावु माल्वुललको अध्यक्षता सम्पन्न उक्त भेलाको प्रमुख अतिथिमा जनजाति महासंघ हङकङका महासचिव भुपेन्द्र चेम्जोङ, र हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन र्राई रहनु भएको थियो । कार्यक्रम समाजका सचिव जिमी हाङखिमले संचालन गर्नु भएको थियो भने कोषाध्यक्ष नर बहादुर गुरुङ्गले स्वागत मन्तब्य दिनु भएको थियो । नव गठित लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङको कार्य समितिको तर्फाट अध्यक्ष राम काजी र्राईको संविधानसभाको निर्वाचन मार्फ संघात्मक लोकतान्त्रिक गणतन्त्र प्राप्ति(राजतन्त्रको पर्ूण्ा समाप्तिको संर्घष्ा गर्ने प्रतिवद्धता जाहेर पछि भेलाका प्रमुख अतिथि भुपेन्द्र चेम्जोङवाट लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङ कार्य समितिको कार्य सफलता कामना सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो । सोही अवसरमा मोर्चा गठनको निम्ति पहल गरेकोमा नेपाली जनअधिकार सरोकार समाज(हङकङ लाई पनि धन्यवाद दिनु भयो । अन्तमा अध्यक्षवाट महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलन(२ भावनालाई पुरा गर्ने संर्घष्ामा लोकतान्त्रिक गणतन्त्र मोर्चा हङकङले आफ्नो जिम्मेवारी गंभिरताका साथ अगाडी वढाउने छ भन्ने आसा राख्दै भेला समापन गरियो ।

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2007/08/26/p373/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons