संयुक्त क्रान्तिकारी जन-परिषद्, नेपाल
-वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति)
United Revolutionary People’s Council, Nepal
(Broad National Political Conference Organizing Committee)
संयुक्त क्रान्तिकारी जनपरिषद् , नेपाल, वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समितिको वैठक हालै संयोजक क.बाबुराम भट्टर्राईको अध्यक्षतामा तथा ने.क.पा. -माओवादी) का अध्यक्ष क.प्रचण्डको विशेष समुपस्थितिमा सफलतापर्ूवक सम्पन्न भयो । वैठकले वर्तमान राष्ट्रिय तथा अन्तर्रर्ााट्रय परिस्थितिको गम्भीर समीक्षा गर्दै कतिपय महत्वपर्ूण्ा राजनीतिक तथा सांगठनिक निर्ण्र्ाारू गरेको छ । दशवर्षो जनयुद्धको जग र माओवादी-संसदवादी १२-वु“दे समझदारीको आडमा तथा आम जनसमुदायको वृहद् सहभागितामा संचालित ऐतिहासिक जनआन्दोलन पश्चात् देशमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु र राज्यको अग्रगामी पर्ुनर्संरचना गर्नु तत्कालीन महत्वपर्ूण्ा कार्यभार भएको निष्कर्षनिकालिएको छ । त्यसको निम्ति सेनाको पर्ुनर्संरचना, जातीय तथा क्षेत्रीय आत्म-निर्ण्र्ााो अधिकार र स्वायत्त शासन, महिला तथा दलितहरूको निम्ति विशेषाधिकार, क्रान्तिकारी भूमिसुधार आदिको सुनिश्चितता अपरिहार्य भएको ठहर गरिएको छ । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निष्पक्ष र स्वतन्त्र संविधानसभाको निर्वाचन यथाश्रि्र गरिनु पर्ने र त्यसको निम्ति पुरानो राजनीतिक तथा वर्गीय शक्ति सन्तुलनको आधारमा निर्मित संसद, संविधान र सरकारको विघटन गरी नया“ धरातलीय यथार्थलाई प्रतिविम्वन गर्ने गरी अन्तरिम जनप्रतिनिधि संस्था, अन्तरिम विधान र अन्तरिम सरकारको निर्माण गर्नु पर्ने कुरामा जोड दिइएको छ । यस सर्न्दर्भमा ‘’सम्पर्ूण्ा सत्ता वृहद् लोकतान्त्रिक राजनीतिक सम्मेलनलाई हस्तान्तरण गर'’ भन्ने केन्द्रीय नारा तय गरिएको छ । साथै विभिन्न पार्टर्ीीजातीय तथा क्षेत्रीय मोर्चाहरू र नागरिक आन्दोलनकारीहरू वीचमा वृहद् लोकतान्त्रिक गणतान्त्रिक मोर्चा निर्माण गर्न पहल गर्ने ठेगान पनि भएको छ । केन्द्रीय स्तरमा त्यसको ठोस जिम्मा क.बाबुराम भट्टर्राई, क.देव गुरूङ र क.खिमलाल देवकोटालाई दिइएको छ र स्वायत्त गणतन्त्रहरू र विभिन्न मोर्चाहरूको स्तरमा पनि गणतान्त्रिक मोर्चाहरू निर्माण गर्न सकिने निर्ण्र्ााभएको छ ।
१५ जेठ २०६३ …………………………………………..
-बाबुराम भट्टर्राई)
संयोजक, वृहद राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति
संयुक्त क्रान्तिकारी जनपरिषद् , नेपाल
