मोती चाम्लीङ्ग प्रवासबाट
कानुनको ब्याख्या, अपब्याख्या दुवै काम गर्ने क्षमता कानूनविदहरु नै राख्दछन् । असल र कमसल, दवाव र षडयन्त्र, को उपस्थितिलाई मौका दिने या नदिने जस्ता सम्बन्धीत बिषयबस्तुमा कानूनविदहरु नै जिम्मेवार हुन्छन् । कानूनविदहरुले कानून लेख्दा दरवारको धम्कि पाएका छैनन् भनेर कति बिश्वास गर्न सकिन्छ - दरवारीया षडयन्त्रकारीहरुको एकोहोरो पेलाइ नपाएको भए निर्मल लामा संबिधान निर्माण समितिबाट किन नै बाहिरिनु पर्दथ्यो– किन — मानसिक यातना र भौतीक कार्यबाहीको धम्की पाएपछि जनताको घरदैलोबाट संकलन गरिएको रायहरुलाई लेख्ने कानूनविदहरुको कलम गोरेटोबाट चिप्लिएर चोर बाटो लागेको इतिहासहरु हाम्रो सामू ताजा छन् । त्यसैले यस बिषयमा जनता जनार्दनहरुमाझ ब्यापक परामर्शबिना कानून लेख्ने सवाल नै उठदैन । यसमा पनि राज्यको संवेदनशील र अति नै महत्वपर्ूण्ा संविधान निर्माणको लागी त हचुवाको भरमा अगाडी बढने प्रकृया नै भयंकर त्रुटीपर्ूण्ा हुन्छ जसको दर्ीघकालीन असरले राष्ट्र थला परेपछि समृद्धि र समुन्नतीको ढोकाहरु सधैंको लागी बन्द हुन पग्दछन् । जहिलेसुकै बिषम बिबाद र संक्|mमणको कारण देश कतातीर लाग्ने र कुन दिशातर्फलैजाने भन्ने अन्यौलले गांजीरहन्छ । रक्तक्यान्सरको बिमारी भन्दा कष्टकर ब्याधीले राष्ट्र तहश नहश भइरहन्छ । समाज समायोजन प्रकरणमा खोजी भइरहन्छ गन्तब्य र स्थानको, समय र परिस्थिति मुतावीक चलीरहेका पुस्ताहरुले आफनो गंभीर असन्तुष्टिहरु ब्यक्त गरि नै रहन्छन् त्यतिबेला अनुशासन र मर्यादा जस्ता सामाजीक मान्यताहरुले अस्तित्व बचाउन कठीन पर्दछ । जब अनुशासन नै नरहेको अवस्थामा सकारात्मक उपलब्धीको आशा राख्नु, प्राप्ती खातीर प्रयत्न गर्नु बेकार हुनेछ । खोला र नदीको रुपमा जल किन बगीरहन्छ - किन भने पानी यस्तो पदार्थ हो जस्ले आफनो स्थान आयतनको आखिरी प्राप्ती बिना आफनो परिचय बचाउन सक्तैन, आफनो परिचयको बचाउ खातीर हजारौं हजार माइलको यात्रामा बढी नै रहन्छ, तबसम्म बगी नै रहन्छ जब सम्म समुद्रमा खस्तैन यो प्राकृतिक नियमको सहाराले चलायमान छ । त्यस्तै अस्तित्वको खोजीमा समाज बगी रहेको हुन्छ जबसम्म त्यसले सभ्य र सफल समाजको रुपमा अवतरण हुन सकेको हुन्न ।
पानी प्राकृतिक प्रवाहमा बगीरहदा यसलाई प्रभाव पार्न सक्ने कारणहरु अमर्ूत हुन्छ तर समाज अघि बढीरहदा प्रभाव पार्न सक्ने कारणहरु मर्ूत हुन्छ । समाजले ब्यक्ति तथा समूहको भौतीक कृयाकलाप र बैचारिक उपस्थितिमा समग्र आफनो आकारको परिचय दिन यथाशक्य कोशीश गर्दछ किन भने समाज भनेको नै मानवजातीहरुको खास खास भौगोलीक सिमान्तरमा बांचेको समूह हो । त्यसैले यो मर्ुत हुन्छ भनिएको हो । यो मर्ूततामा ब्यक्ति तथा समुहको कृयाकलाप प्रत्यक्ष प्रभावी हुन्छ । जति सक्दो प्रगतीशील धारणाले समाजलाई डो-याइएमा सबै ब्यस्त बन्ने छन् । के गर्ने हो भन्ने अन्यौल समाप्त भएपछि जे गर्नपर्ने हो त्यतैतीर समाज लागी पर्दछ त्यसपछि संशय र शंकाले समाजको ब्यस्त प्रवाहमा उथल पुथल गराउन गाह्रोे पर्छ । प्रगतिशील धारणाको राष्ट्रिय कार्यक्|mमभित्र क्|mान्तीकारीता हावी भएको हुनु पर्दछ , अभावलाई सबै मिलेर मात्रै समाप्त गर्न सरल पर्दछ । समानताको नारामा समाहित भएका कार्यक्|mमहरुले आपसी सद्भाव र भाइचारा बढाउंछ । सामूहिक भावनाको बिकास हुन्छ , सामूहिक एकताले जस्तो सुकै अप्ठ्याराहरुसंग पनि लडन सकिन्छ । एकता नै बल हो भन्ने यथार्थ राज्यब्यजस्था परिवर्तनताका जुलुस र नारावाजीमा मात्र होइन राष्ट्रनिर्माण र अग्रगामी छलाङ्गमा त बिल्कुलै आवश्यक हुन्छ । सामूहिक स्वार्थको वकालत हुन सक्ने योजना र कार्यक्|mमहरुमा ऐक्यबद्ध बहुआयामिक र र्सवहारा अधिनायकबादी मर्मको कार्यक्|mम नआएको खण्डमा नेपालको बर्तमान आकृति फर्ेने सपना केवल सपना मात्रै हुनेछ । बहुआयामिक र फराकिलो सोंचबाट राष्ट्रिय योजना अभिउन्मुख कार्यक्|mम आउन नसकेको खण्डमा साच्चै नै देश अनिर्ण्र्ााो दोंसाधमा गुज्रिरहनेछ । सामूहिक स्वार्थपरक कार्यक्|mम ल्याउन बाधा खडा गर्ने परम्परागत संस्थाहरु पर्ूण्ा रुपले खारेज गर्नु पर्दछ । बिनाकुनै लक्ष्यप्राप्ती अस्तित्वमा रहेका यस्ता संस्थाहरुको प्रयोजन नै के छ र - खारेजीको श्रीगणेश राजसंस्थाबाट हुनेछ । त्यसपछि क्|mमैसंग एकपछि अर्को खारेज गर्दै लग्नु पर्दछ । अहिले आएर कतिपय लेखहरुमा बिचारहरु छरपस्ट भएका छन् र ती बिचारहरु आफना जग्गामा सहि हुंदा हुदै पनि दिल खालेर र्समर्थन दिन नसकिने बिचारहरु छन् । तथ्य के हो भने राजा स्वयं मन्त्री परिषदका अध्यक्ष हुन् भने पहिलो राष्ट्रघाती जनअभियुक्त तुलसी गिरी र कर्ीर्तिनिधि बिष्ट मात्र हुन सक्दैनन् । राजा स्वयंले कानूनको चरम उल्लंघन गरेका छन् यो दोष उनले टिका लगाएर जिम्मेवारी बहन गर्न उत्रेका मतियारहरुलाई मात्र थोपरेर राजालाई चाहिं कम दवावमा राखी ज्ञानेन्द्रलाई सेरेमोनियल राजा बनाउने षडयन्त्रको पक्षपोषण गर्ने खेल कदापी न्यायसंगत हुने छैन । सबै हिंशा हत्याको जिम्मेवारी पर्ूण्ारुपले ज्ञानेन्द्र शाहले नै लिनु पर्दछ । ज्ञानेन्द्रको आदेशको पालना गर्ने उसका भरौटेहरुलाई सजाय दिने काम त छंदैछ तर पहिलो अभियुक्तको नाम ज्ञानेन्द्र शाह मेटेर कमल थापा र शरदचन्द्र शाहहरु भनी दाखिला गर्न उत्ति न्यायोचित नहोला । निरंकूशताको शीरोच्छेदन गर्ने हिमायतीहरुले निरंकूशको टाउको छोडी पुट्ठातीरमात्र तरवार उझयाउनु र ताक्नुले २०४७ सालको मल्लीक आयोगलाई छलफलमा नै समावेश नगराउने गंभीर षडयन्त्र जस्तै ठ्याक्कै उस्तै गृहकार्य शुरु भएको आभास मिलेको छ ।
माओवादी जनसेनालाई राज्यको शाही सेनामा निश्चित मापदण्डको आधारमा नियुक्त गराउन सकिने र्सबसत्ता र अधिनायकबादी बक्तब्य निरंकूश प्यारजंग थापाले पत्रपत्रिका मार्फ र्सार्वजानीक गरेका छन् । यो कस्तो बक्तब्यवाजी हो - के उसले यस्तो बक्तब्य दिनु सान्दर्भीक हुन सक्छ — उसलाई यो गैरवजिम्मेवारी र आपत्तिजनक बक्तब्य गर्ने अधिकार कसले दिएको छ - के राज्यमा कानून बनीसक्यो - के जनअनुमोदित सरकार आइसक्यो - जोे सैन्य संगठनबारे ब्याख्या र बिश्लेषण भइसक्यो - जनउत्तरदायी सैनीक संगठनका परिवर्तीत सैनीक प्रमुखको जिम्मेवारी उनैले पाइसके — सैनीक कमाण्डीङ्ग मात्र उसको अधिकार हो की सैनीक संगठनको ब्याख्या बिश्लेषण पनि सैन्य प्रमुखकै आंेठे लफ्फाजीमा हुन्छ - निरंकुशताका प्यारे प्याराजंगले होश पु-याएर थुतुनो चलाउने सद्बुद्धि आउनै पर्छ ।
किन भने अब बन्ने संबिधान अन्तरगत दरबारीया प्रधान सेनापति प्यारजंगको होइन गरीब जनताको छोरा एक सिपाहीको भावनाले जे बोल्छ त्यहि अनुरुपको सैन्य संगठन हावी हुनेछ । प्यारजंग थापा एक अभियुक्त हुन् र उनी समयान्तरमा सजायको भागीदार अवश्य छन् । उसले यस्तो गहकिलो बिषयमा तर्क राख्नु त्यति शोभा दिदैन । प्यारजंग शाही सेनाका प्रमुख हुन् भने जनमुक्तिसेनाहरु भनेका बिश्व कम्यूनका आमूल परिवर्तनकामी बफादार राजनैतीक कार्यकर्ता पनि हुन् । ती जनमुक्तिसेनाहरु आफनो भूमीमा त निर्बिबाद हावी हूनेछन् । त्यहा कसैको आशर्ीबाद आवश्यक छैन । चेतना भया प्यारजंग ।
अब पहिलो कार्य भनेको संबिधान सभाको निर्वाचन हो, जसको एजेण्डा भनेको राजा रहने कि नरहने एजेण्डा हो । राजा नरहने गरी आम जनताले मतदान गरेमा राजाबिनाको जनगणतन्त्रात्मक मुलुक स्थापित हुनेछ र त्यसपछि बन्ने कानून जनगणतन्त्रको परिभाषामा निर्माण हुनेछ । मतदानको नतीजा राजा रहने या स्वीकार्ने पक्षमा आए राजा सहितको लोकतान्त्रीक परिपाटीको कानून बन्नेछ । तर यो राजालाई अमानवीय तथा असहिष्णु र असभ्य तवरबाट घोक्|mठ्याक नलगाएर राष्ट्र अन्तराष्ट्रलाई मान्य हुने गरी प्रकृयागत ढंगले जनमत संग्रह मार्फ बिदा दिने अन्तिम तयारी हो संबिधान सभा । यसमानेमा सबै नेपाली जनता स्पष्ट हुनु पर्दछ । यो तथ्य जनताले बुझेका छैनन् भने राजनिति दलहरुले स्पष्ट बोलेर बुझाउन सक्नु पर्दछ । तर कता कता नेपाली कांग्रेस र एमाले जस्ता दलहरु षडयन्त्रको शीकार भइरहेका छन् कि जस्तो गन्धहरु संुग्न थालीएको छ । त्यहि गन्धको परिणाम हो नेकपा माओबादीको राजाको संबोधनप्रति ब्यापक अस्वीकारोक्ति र आन्दोलन जारी रहेको सन्देश । यदि कांग्रेस र एमालेले गणतन्त्रको एजेण्डालाई घुमाई फीर्राई हटाउन खोजेमा माओबादी निशानामा आज भन्दा केही बर्षरु अघि कांग्रेस र एमाले परेको थियो त्यहि सास्वत इतिहास दोहोरिने छ । नेपाल भनेको शहर कम र गावै गाउको देश हो । शहर कब्जा गर्न अब कति पो बांकी होला र । पूरै गाउंहरुमा त धेरै हिसाबले गणतन्त्र नेपाल स्थापना भइसकेको छ । राजाको खोपामा बिलाइसकेका नेपालका राजनिति दलहरुलाई दरवार मोहबाट टाढा रहने जनताको सन्देशको अवज्ञा गरेमा शहिदको रगतको मूल्य चुकाउनु पर्नेछ त्यो हिंसात्मक र अनापेक्षाकृत पनि हुन सक्छ । यो ख्याल ठट्टाको बिषय होइन, गंभीर वास्तविकताको सत्यता छ यसमा ।
अब हुने संबिधान सभा सांचो अर्थमा बिनार्सत गणतन्त्र नेपाल हो या होइन भन्ने एजेण्डाले आउनै पर्दछ । हेरौं मतदानमा कति नेपालआमाका छोराछोरीले आफनै अस्तित्व नचिन्ला र गणतन्त्र नेपालको बिरुद्ध मतदान गर्ला, कतिले निरंकूश नागराजको बचाउ खातीर आफनो अमूल्य मतदान गर्ला — अस्तु ।
April 30, 2006
हल्लामा मात्र संबिधान सभाको एजेण्डा सिमित नहोस
Comments »
The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/04/30/krantikar-2/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
