० पुष्पा दाहाल र्
वर्ग संर्घष्ाको तुफानी केन्द्रको रुपमा परिचित बर्दिया जिल्लाको सोरहण गाजस-२ जगतियामा २०३९ सालमा आमा वसुदेया र वुवा लोहरी थारुको कोखबाट सीमा चौधरीको जन्म भयो । समान्य परिवारमा जन्मनु भएकी क.सीमाकी एक दिदी, एक वहिनी र तीन भाइ हुनुहुन्छ । जसमध्ये जेठो भाइ लक्ष्मण चौधरीको एकीकृत अग्रगामी रुपान्तरण अभियानका क्रममा सेती महाकाली क्षेत्रको कैलाली जिल्लामा ०६१ माघ ९ गते दगरिया गाजसको वनकन्द्रंीमा शाही सेनाले कब्जामा लिई कठोर यातनापश्चात् हत्या गरेको थियो ।
सानै उमेरदेखि अत्यन्त चलाख र व्रि्रोही स्वभावको क.सीमाले आफ्नै गाउ“को विद्यायलमा कक्षा-७ सम्मको अध्ययन गर्नुभयो । अत्यन्त सोझो, इमान्दार आदिवासीको रुपमा परिचित थारु जातिले कठोर मेहनतका साथ खेतीयोग्य जमिन बनाएता पनि समाजका जाली फटाहा तथा शोषकहरुले अनेक षड्यन्त्रद्वारा उनीहरुको जग्गा कब्जा गरी आफ्नो नाममा बनाएको र तिनै सामन्ती जमिन्दारको घरमा कमैया बसी आफ्नै खेतीको सम्पर्ूण्ा उव्जनी बुझाउनुपर्ने अत्यन्त विडम्वनात्मक वाध्यतामा रहेको थारु जाति वर्गीय उत्पीडन साथै जातीय उत्पीडनको जा“तोमुनि पिसिनु परेको यथार्थबाट क.सीमा पनि अनविज्ञ रहनु भएन । त्यसमाथि उहा“मा जनयुद्धको प्रत्यक्ष प्रभाव पनि पर्यो ।
क.सीमाले समाजको चर्को शोषण उत्पीडनका विरुद्ध अवैज्ञानिक र अव्यवहारिक वर्ुर्जुवा शिक्षा प्रणालीविरुद्ध २०५५ मा अनेरास्ववियू -क्रान्तिकारी) को इकाई कमिटीमा संगठित भई कोषाध्यक्षमा रहेर विद्यार्थी जीवनबाट आफ्नो राजनैतिक जीवनको शुरुवात गर्नुभयो । संगठनमा सक्रियताका साथ आफ्नो भूमिका निर्वाह गर्दै जानुभयो । समाजको पुरानो सामन्ती संस्कृतिको गहिरो छापबाट प्रभावित भएका उहा“को वुवा आमाले सीमाको विवाहको प्रस्ताव ल्याउनुभयो । ‘व्रि्रोह गर्नु अधिकार हो’ भन्ने मार्क्सवादको वैज्ञानिक सच्चाइलाई आत्मसात गर्दै पुरानो सामन्ती संस्कृतिलाई ठाडो चुनौति दिदै थुनिएको पिंजडाको सुगा खुल्ला आकासमा आउ“दाको अत्यन्त खुसीको अनुभूतिका साथ घरबाट व्रि्रोह गरी क.सीमा ०५७ सालमा नेकपा-माओवादी) को पर्ूण्ाकालीन कार्यकर्ता भई वर्गसंर्घष्ामा प्रत्यक्ष सहभागि हुनुभयो । सा“स्कृतिक रुपान्तरणमा पनि त्यत्तिकै स्पष्ट रहुनभएकी क.सीमा लगनशीलताका साथ आफ्नो जिम्मेवारी वहन गर्ने सिलसीलामा शदियौंदेखि दोहोरो शोषणको जा“तोमुनि पिसिएका महिलाहरुको हक अधिकार र मुक्तिको निम्ति ०५८ सालमा अ.ने.म.संघ -क्रान्तिकारी) बा“केकी सदस्य रही न्यून चेतनामा रहेका महिलाहरुलाई विउ“झाउ“दै आन्दोलित पार्दै अघि बढ्नुभयो ।
यसरी अघि बढ्ने क्रममा ०५८ साल मंसिर ५ गते नया“ जनवादी संस्कृतिलाई स्थापित गर्ने उद्देश्यका साथ आन्दोलनभित्रै कमरेड अखण्डस“ग वैवाहिक सम्वन्ध कायम गर्नुभयो । वुवा आमाले रोजेको केटासंग विवाह नगरी गाउ“को केटासंग विवाह गरेपछि उहा“को वुवा उहा“संग बोल्नु हुदैन्थ्यो । पारिवारिक संर्घष्ा पनि त्यत्तिकै गर्नुपर्यो क.सीमालाई ।
यसरी चौतर्फी संर्घष्ा गर्दैर् जाने क्रममा ०५९ भाद्र १० गते बा“के जिल्लाको शमरेशगञ्ज गाजसको चन्हवामा इप्र का कोहलपुरबाट आएको प्रहरीहरुले गाउ“ घेरा हाली गिरफ्तारपछि चर्को यातना दिए । क.अखण्ड, क.जीवन र क.अविनाशको सामूहिक हत्या गरेपछि उहा“ले आफ्नो जीवनसाथी क.अखण्डलाई गुमाउनु भयो । एकातिर आफ्नो जीवनसाथीको उच्च शहादतले मर्माहित बनायो भने अर्कोतिर वर्गसंर्घष्ाको भट्टिमा खारिदै अझ स्पातिलो वन्दै जाने प्रेरणा आन्तरिक पंक्तिबाट पाउनुभयो । जीवनको अनेकै घुम्ती पार गर्दै विभिन्न आरोह अवरोहको बीचबाट अघि बढ्ने क्रममा ०५९ पुस १४/१५ गते सम्पन्न अ.ने.म.संघ -क्रान्तिकारी) बर्दियाको पा“चौ जिल्ला सम्मेलनले क.सीमालाई अध्यक्षमा निर्वाचित गर्यो । संगठनको योजनालाई ठीक-ठीक ढंगले अत्यन्त दृढताका साथ कार्यान्वयन गर्ने क.सीमालाई ०६० साल असारमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले केन्द्रीय सदस्यको जिम्मा सुम्पियो ।
आफ्नो जिम्मालाई दह्रोसंग पकड्दै जा“दा पार्टर्ीीश्चिम केन्द्रीय कमाण्डद्वारा ठोस गरिएको चार महिने एकीकृत जनप्रतिरोध अभियानको क्रममा संगठनले बा“के जिल्लामा खटायो । “वर्गीय मुक्तिविना महिला मुक्ति असंभव छ” भन्ने मान्यतालाई आत्मसाथ गर्दै वा“के जिल्लाका महिलाहरुलाई संगठित, उत्साहित र आन्दोलित पार्दै पुरानो सत्ताको विरुद्ध अघि बढ्नु भयो । जनताको अजय शक्तिदेखि आतंकित हत्यारो ज्ञानेन्द्र शाहीका पाल्तु कुकुरहरुको रुपमा रहेका नरसंहारकारी शाही सेनाले भोकाएको बाघ झै ०६० कार्तिक १९ गते बा“केको वैजापुर गाजसको कुम्मर गाउ“को चाफ्लीयाथरमा घेरा हाली गोली हानी घाइते बनाई बलात्कार गरी ढुङ्गाले थिची-थिची अत्यन्त पाशविक तरिकाले क.सीमाको हत्या गर्यो ।
यसरी क.सीमा चौधरीको उच्च शहादतले बर्दियाली महिलाका साथै सिंगो उत्पीडित महिलाहरुलाई मर्माहित बनायो भने आक्रोसित र आन्दोलित पनि बनायो । उहा“को रक्तवीजले कयौं सीमाहरु जन्मिसकेका छन् । क.सीमा आज बर्दियाली महिला आन्दोलनको इतिहासमा चम्किलो तार बनेर हामी सवैलाई ज्योति दिइरहनु भएको छ । अन्तमा महान् सहिद क.सीमा चौधरीलाई लालासलाम †
April 19, 2006
बर्दियाकी तारा क.सीमा लालसलाम †
Comments »
The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/04/19/co-tara/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
