क्रान्तीकारी नेपाल


March 28, 2006

शाही सत्तालाई नया“ वर्षदेख्न नदिने सपना साकार पार्ने आधार झन् बलियो भएको छः अध्यक्ष क. प्रचण्ड

Filed under: Interview

काठमाडौं/माओवादी र सात दलबीच बाह्रबु“दे समझदारी भएको ठीक चार महिनापछि त्यसप्रति प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई अझ ठोस र विकसित गर्दै लैजानका लागि दोश्रो समझदारी भएको छ । माओवादी र सात दलबीचका नेताहरुबीच औपचारिक-अनौपचारिक ठूलो छलफलपछि दोश्रो समझदारी बाहिर आएको हो । दर्ुइ शक्तिबीचको समझदारीपछि माओवादीको सहयोग र र्समर्थनमा सात दलले चैत्र २४ गतेदेखि चैत्र २७ गतेसम्म देशव्यापी आमहडताल, असहयोग आन्दोलन र काठमाडौं केन्द्रित जनपर््रदर्शन गर्ने भएका छन् । माओवादीले चैत्र १ गतेदेखि जारी देशव्यापी नाकाबन्दी र चक्काजामसहित संर्घष्ाका सम्पर्ूण्ा कार्यक्रम चैत्र ७ गतेदेखि लागू हुने गरी फिर्ता लिएको छ ।
माओवादी र सात दलले बाह्र बु“दे समझदारीलाई दृढतापर्ूवक क्रियान्वयन गर्ने बताउ“दै दोश्रो समझदारीमा भनिएको छ-’बाह्र बु“दे समझदारीप्रति अन्तर्रर्ााट्रय समुदायबाट समेत व्यक्त व्यापक र्समर्थनले त्यो नै देशको जारी द्वन्द्वको समाधानको वास्तविक आधारशीला हो भन्ने स्पष्ट हुन्छ ।’
माओवादीका अध्यक्ष क. प्रचण्डले जनादेशलाई अन्तर्वार्ता दिंदै दोश्रो समझदारीको औचित्यतालाई प्रष्ट्याउ“दै भन्नुभएको छ- ‘माओवादी र सात राजनीतिक दलहरुका बीच कायम भएको दोश्रो समझदारी र त्यसमार्फ् आमजनतालाई निरंकुशतन्त्रका विरुद्ध सशक्त आन्दोलनका लागि गरिएको अपिलले विशिष्ट राजनीतिक महत्व राख्दछ । यो दोश्रो समझदारीले वस्तुतः र अन्ततः निरंकुशतन्त्र उम्कनै नसक्ने गरी जनताको घेरामा परिसकेको यथार्थतालाई व्यक्त गर्दछ । जनताको नया“ ऐतिहासिक विजय अभियान सुरु भइसकेको छ । यसैमा नै दोश्रो समझदारीको राजनैतिक अर्थ र महत्व रहेको छ ।’
सात दलहरुले १२ बु“दे समझदारीभन्दा अगाडि बढेर गणतन्त्रको पक्षमा साझा नारा, साझा मोर्चा र संयुक्त संर्घष्ाको कार्यक्रम गर्ने आ“ट गर्न सक्नुपर्थ्याे । ती पार्टर्ीीत्रका अधिकांश युवा र जनताको चाहना पनि थियो । जब नारा र कार्यक्रममा अकर्मण्यता हुन्छ तब आन्दोलनले निर्दिष्ट लक्ष्य हासिल गर्न कठिनाइ पर्छ । निकै ठूलो कसरतपछि निरंकुश सत्ताविरोधी आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्ने ढंगले कार्यक्रम भने बनेको छ । यो सकारात्मक छ ।
माओवादीका अध्यक्ष क. प्रचण्डले अन्तर्वार्तामा दोश्रो समझदारीलाई संयुक्त अपिल, प्रक्रियागत अन्तरका वावजुद संविधान सभाको निर्वाचनको प्रश्नमा कायम भएको एकताले साझा नारा र चैत्र २४ देखि २७ गतेसम्मको आमहडतालले साझा कार्यक्रमको प्रतिनिधित्व गरिरहेको बताउनुभएको छ ।
यसले शाही सत्तालाई बर्ढार्ने उत्कर्षो आन्दोलन हुने अपेक्षा गरिएको छ । कतै आन्दोलनकारी शक्तिको फरकफरक लक्ष्यका कारण साम्राज्यवादी र सामन्तवादी तत्व २०४६ सालमा जस्तै खेल्ने ठाउ“ त हु“दैन - आशंका जीवित नै छन् । शाही शासकबाट हेपाइ र उपेक्षा पाएका संसदवादी नेताहरुले सामन्तवादी नामक गोमनलाई फेरि दुध खुवाएर नपाल्लान् ।
शाही सत्तालाई नया“ वर्षदेख्न नदिने सपना साकार हुने बताउनुहु“दै अध्यक्ष क. प्रचण्डले अन्तर्वार्तामा भन्नुभएको छ-”सात राजनैतिक दलसंग भएको हाम्रो दोस्रो समझदारी, यहि ऐतिहासिक चैत्र महिनाको ऐतिहासिक अन्तिम हप्तामा राखिएको आम राजनैतिक हडताल तथा बौद्धिक समुदाय, नागरिक समाजदेखि आम नेपाली जनताका विभिन्न तह र तप्कामा निरंकुशतन्त्रका विरुद्ध चूलिंदै गएको घृणा र आक्रोशका पृष्ठभूमिमा शाही सत्तालाई नयां वर्षदेख्न नदिने सपना साकार पार्ने आधार झन बलियो भएको कुरामा कुनै शंका छैन ।”
अध्यक्ष क. प्रचण्डले जारी गर्नुभएको अन्तर्वार्ताको पर्ूण्ा पाठः
नेकपा -माअेावादी) र सात राजनीतिक दलबीच यही चैत्र ६ गते दोस्रो समझदारी कायम भएको प्रकाशमा आएको छ । तत्कालीन सर्न्दर्भमा त्यसको राजनीतिक अर्थ र महत्व के होला -
निरंकुश राजतन्त्ररुपी शाही सैनिक फासीवाद, आज नेपाल र नेपाली जनताको लोकतन्त्र, शान्ति र अग्रगमनको दिशामा प्रमुख वाधक बनेको छ । तत्काल यो वाधा पन्छाएर नेपाली समाजलाई अग्रगति प्रदान गर्न जनताका विभिन्न तह र तप्का व्यग्रमात्र भएका छैनन् अपितु देशमा विद्यमान निरंकुश सामन्ती राजतन्त्र विरोधी राजनैतिक शक्तिहरु एकजुट भएर अगाडि बढून भन्ने गहिरो आकंक्षासमेत व्यक्त गरिरहेका छन् । ने.क.पा.-माओवादी) र सात संसदवादी राजनैतिक दलहरुका बीचमा गत मार्गमा कायम गरिएको १२-बुंदे समझदारी व्यापक रुपले जनअनुमोदन भई सामन्ती तत्वहरुको चुनावी नौटंकी ध्वस्त हुनुले त्यो ऐतिहासिक यथार्थलाई स्पष्ट गर्दछ । तर, गएको फाल्गुण महिनाभरि १२-बुंदे समझदारीका विरुद्ध भित्र र बाहिरबाट अनेक षडयन्त्र र धरापका तानावाना बुनिन थाले । यसबाट बौद्धिक समुदाय, नागरिक समाज र आम जनतामा समेत चिन्ता र पीडाका भावहरु स्पष्ट देखिन थालेका थिए । ‘फूटाउ र शासन गर’ मा अभ्यस्त सामन्ती दरवारियाहरु भने त्यो नकारात्मक स्थितिलाई बढाउन टुप्पीदेखिको बल लगाइरहेका थिए । यो ठोस परिवेशमा चैत्र ६ गते ने.क.पा.-माओवादी) र सात राजनैतिक दलहरुका बीच कायम भएको दोस्रो समझदारी र त्यसमार्फ् आमजनतालाई निरंकुशतन्त्रका विरुद्ध सशक्त आन्दोलनका लागि गरिएको अपिलले विशिष्ट राजनैतिक महत्व राख्दछ । यो दोस्रो समझदारीले वस्तुतः र अन्ततः निरंकुशतन्त्र उम्कनै नसक्ने गरी जनताको घेरामा परिसकेको यथार्थलाई व्यक्त गर्दछ । जनताको नया“ ऐतिहासिक विजय अभियान शुरु भइसकेको छ । यसैमा नै दोस्रो समझदारीको राजनैतिक अर्थ र महत्व रहेको छ ।
पहिले आठ वटै पार्टर्ीी संयुक्त हस्ताक्षर गरेको अपिल प्रकाशित हुने कुरा चर्चामा आएको थियो । पछि छुट्टा-छुट्टै हस्ताक्षरमा उही व्यहोराको ‘समझदारी’ र्सार्वजनिक भयो । आन्दोलनको साझा नारा र कार्यक्रम पनि अझै तय हुन नसकेको बुझिन्छ । यसबारे नेकपा-माओवादी) को भनाइ चाहिं के हो -
हाम्रो पार्टर्ीीदेशमा विद्यमान निरंकुशतन्त्र विरोधी आन्दोलनको संवेदनशील घडीमा एउटै साझा नारा, एउटै साझा मोर्चा, एउटै साझा अपील र एउटै साझा कार्यक्रमको पक्षमा रहेको छ । तर, विभिन्न राजनैतिक दलका मुख्यतः शान्तिपर्ूण्ा आन्दोलनमा रहेका संसदीय राजनैतिक दलका आफ्ना जटिलताहरु पनि हामीले बुझिरहेका छौं । हामी रुपलाई भन्दा सारलाई महत्व दिन्छौं र संभव भएसम्म रुप र सारका बीचमा अन्तरविरोध बन्न नदिन र्सतर्क हुन्छौं । अहिले जसलाई दोस्रो समझदारी भनिएको छ, वस्तुतः त्यही नै संयुक्त अपिल हो, प्रक्रियागत अन्तरका वावजुद संविधान-सभाको निर्वाचनको प्रश्नमा कायम भएको एकताले वस्तुतः साझा नाराको प्रतिनिधित्व गरिरहेको छ र चैत्र २४, २५, २६ र २७ गतेको आम हडतालले वस्तुतः साझा कार्यक्रमको प्रतिनिधित्व गरिरहेको छ । अतः तत्काल निरंकुशतन्त्रका विरुद्ध आन्दोलन उठाएर लैजान समस्या रहेको छैन । रुप र सारबीचमा रहेको थोरै अन्तर आन्दोलनको विकाससंगै मेटिएर जाने तथा राज्यको पुनर्संरचनासहितको लोकतान्त्रिक गणतन्त्रमा सिंगो देश एकजुट हुने कुरामा हामी विश्वस्त छौं । तुरुन्तै ठूलो भाग खोज्दा आफ्नो पोल्टामा भएको पनि नगुमोस् भन्ने कुरामा सबै र्सतर्क रहनु पर्दछ । यस अर्थमा दोस्रो समझदारीले अगाडि बढ्नका लागि नयां आधार प्रदान गरेको कुरालाई ठीकढंगले आत्मसात गर्नु मुख्य कुरा हो ।
नेकपा-माओवादी), जनमुक्ति सेना र संयुक्त क्रान्तिकारी जनपरिषदले घोषणा गरेको नाकाबन्दी, राजनीतिक हडताल लगायतका संर्घष्ाका कार्यक्रम फिर्ता लिएर सात पार्टर्ीी घोषणा गरेको चैत्र २४ देखि २७ गतेसम्मको आम हडताल, असहयोग आन्दोलन र काठमाण्डौं केन्द्रित वृहद जनपर््रदर्शनलाई सहयोग र र्समर्थन गर्नुको अर्थ के हो - के त्यसो गर्दा नेकपा-माओवादी) को आफ्नो स्वतन्त्र भूमिका हरांउने खतरा रहन्न् - के यसबाट पार्टर्ीी दक्षिणपंथी विचलन आउंदैछ भन्नेहरुलाई बल पुग्दैन -
दश वर्षेखि महान् जनयुद्धको सफल नेतृत्वमार्फ् हाम्रो पार्टर्ीीे का“धमा आज सिंगो देशलाई सामन्ती निरंकुशतन्त्रबाट सदाका लागि मुक्त गर्ने एक जिम्मेदार पार्टर्ीीे राजनैतिक भूमिका आएको छ । यो ऐतिहासिक भूमिकालाई सांचो अर्थमा जिम्मेदारीपर्ूवक निर्वाह गर्नु हाम्रो दायित्व हो । यस दृष्टिबाट हाम्रो पार्टर्ीी अत्यन्त गंभीरतापर्ूवक, दृढतापर्ूवक र लचकतापर्ूवक सामन्ती निरंकुशतन्त्रका विरुद्ध मिल्न सकिने जति सबै शक्तिस“ग मिलेर अगाडि बढ्न जोड गरिरहेको छ । देशको आजको ठोस राजनैतिक स्थितिमा, जुनसुकै रुपमा देखिए पनि निरंकुश राजतन्त्रका विरुद्ध जनताको साझा मोर्चालाई कमजोर पार्ने विचार शैली र आचरण प्रतिगामी र दक्षिणपंथी हुन्छ भने त्यसप्रकारको मोर्चालाई बलियो पार्न खोज्ने विचार, शैली र आचरण नै क्रान्तिकारी हुन्छ । यस अर्थमा चैत्र २४, २५, २६ र २७ गतेको आम राजनैतिक हडताललाई समझदारी अनुसारको साझा कार्यक्रम मानेर त्यसलाई ऐतिहासिक रुपले सफल पार्न आ-आफ्नो ठांउबाट पहल गर्नु तथा काठमाण्डौमा हुने शान्तिपर्ूण्ा जनपर््रदर्शनमा सात राजनैतिक दललाई सहयोग पुर्‍याउने उद्देश्यका साथ हाम्रो घोषित कार्यक्रम फिर्ता लिनुले हाम्रो पार्टर्ीीे ऐतिहासिक जिम्मेवारीबोधलाई स्पष्ट गर्दछ । यतिबेला सामन्ती राजतन्त्रको अन्तका लागि जिम्मेवारीपर्ूवक प्रस्तुत हुनुमा नै हाम्रो महान् र गौरवशाली पार्टर्ीीे स्वतन्त्र र ऐतिहासिक भूमिका अन्तर्निहित रहेको तथ्यलाई नबुझ्नु मार्क्सवाद र वर्गसंर्घष्ाको क ख पनि नबुझ्नु बराबर हो । स्वतन्त्रताका नाममा सामन्ती निरंकुशतन्त्रलाई मद्धत पुर्‍याउने प्रवृत्ति नै यतिबेलाको नेपाली राजनैतिक परिस्थितिमा दक्षिणपंथी विचलनको परिचायक बन्दछ ।
क्रान्तिकारी पार्टर्ीी नेतृत्वका विरुद्ध र्सार्वजनिक विषवमन गर्ने रवीन्द्र र अनुकूललाई पार्टर्ीी प्रतिक्रान्तिकारी भगौडा प्रवृत्ति भनेर तुरुन्तै निष्कासित गरेको छ । उनीहरुको विरुद्धमा पार्टर्ीीजनसेना र मोर्चाहरुमा पनि व्यापक आक्रोश र घृणा देखापर्‍यो । फेरि पनि उनिहरु विभिन्न संचार-माध्यमहरु मार्फ् पार्टर्ीीनेतृत्व र क्रान्तिका विरुद्ध अनर्गल प्रचार गरेर जनसमुदायलाई भ्रमित पार्ने दुष्प्रयास गर्दैछन् । आखिर उनीहरुको यति छिटो पतन कसरी भयो -
क्रान्तिकारी आन्दोलनको विकासका विशिष्ट मोडहरुम्ाा एकाध प्रतिक्रान्तिकारी भगौडाहरु देखापर्नु र क्षणभरमै उनीहरुको पतन हुनु वर्गसंर्घष्ाकै वस्तुगत नियम हो । महान् रुसी क्रान्तिका सर्न्दर्भमा मालिनोवस्कीदेखि चीनको महान् र्सवहारा सांस्कृतिक क्रान्तिका सर्न्दर्भमा लिनपियाओसम्म त्यसप्रकारका प्रतिक्रान्तिकारी भगौडाहरुका अनुभव स्पष्ट देख्न सकिन्छ । आज हाम्रो पार्टर्ीी जनयुद्धको विकासमा रणनैतिक-प्रत्याक्रमणको नेतृत्व गरिरहेको तथा निरंकुशतन्त्रका विरुद्ध निर्ण्ाायक संर्घष्ामा जोड गरिरहेको विशिष्ट क्षणमा पार्टर्ीी नेतृत्वका विरुद्ध प्रतिकृयावादी संचारमार्फ् अनर्गल प्रचार गरेर रवीन्द्र र अनुकूलले आफैलाई वस्तुतः जनताका विरुद्ध निरंकुशतन्त्रको कित्तामा उभ्याउन पुगेका छन् । आज हप्ता दश दिन नबित्दै हाम्रो सिंगो पार्टर्ीीजनमुक्ति सेना र मोर्चाहरुले मात्र उनीहरुलाई प्रतिक्रान्तिकारी भगौडाकारुपमा घृणा र भर्त्सना गरिरहेका छैनन् अपितु निरंकुश राजतन्त्रविरोधी राजनैतिक शक्ति, बौद्धिक समुदाय, नागरिक समाज र आम जनताले समेत उनीहरुलाई घृणा र भर्त्सना गरिरहेका छन् । इतिहास र जनताले कुनै पनि व्यक्तिको मूल्यांकन उसले के भन्छ भन्ने कुराका आधारमा होइन उसले के गर्छ भन्ने कुरामा आधारमा गर्ने गर्दछ । जब मानिस, आफूले आफैलाई पार्टर्ीीवर्ग र जनताभन्दा माथि ठान्ने निम्न पूंजीवादी र व्यक्तिवादी अहंकारको शिकार हुन्छ त्यसको पतन कुनै न कुनै बिन्दुमा पुगेर आलोक र रवीन्द्रकारुपमा हुनु अपरिहार्य छ । यो कसैको मनोगत इच्छाबाट भन्दा पनि स्वतन्त्र वस्तुगत नियमभित्र पर्दछ ।
कतिपयले रवीन्द्र र अनुकूलले उठाएका कुराचाहिं ठीकै हुन् तर प्रक्रिया गलत भयो भन्ने गरेका सुनिन्छ । अनि पार्टर्ीी उनीहरुले उठाएका कुराको कुनै जवाफ नदिई उनीहरुलाई ठाडै निष्कासित गर्‍यो भन्नेहरु पनि यदाकदा पाइन्छन् । कमरेड अध्यक्षले यसबारे र्सवसाधारणलाई चित्त बुझ्ने गरी स्पष्ट पारिदिनुहुन्थ्यो कि -
प्रतिक्रान्तिकारी भगौडाहरुसंग वहस हुंदैन, उनीहरुको केवल भण्डाफोर हुन्छ । पार्टर्ीी आन्दोलनका समस्याबारे भगौडाहरुको वकवासबाट होइन गत केन्द्रीय समितिको बैठकमा पारित दस्तावेज, महान वहस र महाधिवेशन सम्बन्धी निर्ण्र्ाााट आत्मसात गर्नु मात्र वैज्ञानिक र क्रान्तिकारी पद्धति हो । भगौडाहरुले उठाएका कतिपय कुरा त सही छन् भन्नु त्यति नै गलत हुन्छ जति गलत ज्ञानेन्द्रशाही र उसका भाटहरुले पनि “लोकतन्त्र र शान्तिका राम्रै कुरा गरेका छन्” भन्नु हुन्छ । सकारात्मक तर्क आफ्नो प्रतिक्रान्तिकारी नकारात्मक स्वार्थलाई ढाकछोप गर्न उपयोग गर्नु आधुनिक संशोधनवादी प्रतिक्रान्तिकारीहरुको विशेषता भएको संश्लेषण चीनको सांस्कृतिक क्रान्तिका सर्न्दर्भमा माओवादीहरुले गरेको संश्लेषण हो । अहिले रवीन्द्र, अनुकूलहरुले त्यही विशेषताको पर््रदर्शन गर्दै आफ्नो भगौडा चरित्रमाथि पर्दा हाल्ने हांस्यास्पद र मिथ्या कसरत मात्र गर्दै छन् ।
कमरेड अध्यक्षले केही समय पहिले दिनुभएको एउटा अन्तरवार्तामा निरंकुश शाही सत्तालाई अर्को वर्षदेख्न नदिने कुरा गर्नुभएको थियो । आगामी दिनमा निरंकुश शाही सत्ता विरोधी लोकतान्त्रिक आन्दोलन कुन ढंगले अघि बढ्ने अपेक्षा गर्नुभएको छ, प्रकाश पारिदिनु हुन्छ कि -
देश र जनताको सर्वोत्तम हितका निमित्त वस्तुस्थितिको विंहगम लेखाजोखाका आधारमा शाही सत्तालाई नयां वर्षदेख्न दिन हुंदैन भन्ने स्पिरिट मैंले उक्त अन्तरवार्तामार्फ जनसमुदायका अगाडि राखेको थिए । सात राजनैतिक दलसंग भएको हाम्रो दोस्रो समझदारी, यही ऐतिहासिक चैत्र महिनाको ऐतिहासिक अन्तिम हप्तामा राखिएको आम राजनैतिक हडताल तथा बौद्धिक समुदाय, नागरिक समाजदेखि आम नेपाली जनताका विभिन्न तह र तप्कामा निरंकुशतन्त्रका विरुद्ध चुलिंदै गएको घृणा र आक्रोशका पृष्ठभूमिमा शाही सत्तालाई नया“ वर्षदेख्न नदिने सपना साकार पार्ने आधार झन् बलियो भएको कुरामा कुनै शंका छैन । इतिहासमा महान सपनाहरुलाई विपनामा बदल्ने अन्तिम र निर्ण्ाायक शक्ति भनेको जनसमुदाय नै हो । अतः म यस विशिष्ट क्षणमा महान नेपाली जनतालाई चैत्र २४ गतेदेखि सडकमा निक्लेर चैत्र २७ सम्म निरंकुश शाही सत्तालाई धराशायी पारी नयां लोकतान्त्रिक नेपालको जग बसाउन हार्दिक अपिल गर्दछु ।

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/03/28/pranchanda/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons