क्रान्तीकारी नेपाल


March 26, 2006

कालो झन्डा देखाउने कार्यक्रममा सहभागी बनौं

Filed under: News

नेपालमा यतिखेर चौतर्फी हाहाकार छ । जनता हत्या, हिंसा, नाकाबन्दी र राज्यआतंकले पिडीत छन् । राजनैतिक नेता, मानवअधिकारकर्मी, नागरिक समुदायका प्रबुद्ध बर्ग, विद्यार्थी र पत्रकारहरुलाई जेल र नेल लगाइएको छ । न्याय दिने न्यायलयलाई नै बन्दी बनाउने प्रयाशमा सरकार स्वयं लागिपरेको छ । दैनिक मारकाट र रगतको खोलो मुलुकमा बगिरहेको छ । नागरिकहरु अधिकारप्राप्तीको लडाइमा ज्यान छोडेर लागिपरेका छन् । जनताको आकांक्षा चाहना र भावनाको प्रतिनिधित्व गर्ने प्रजातान्त्रीक दलहरुलाई सडकमा लखेटेर सिमीत भ्रष्टाचारी तथा प्रजातन्त्रका बिरोधी र अपराधीहरुका भरमा राज्य चलाइएको छ । जनताद्धारा बनाइएको संविधानको घाटी निमोठेर एक शय ५० भन्दा बढी अध्यादेशका भरमा राज्य चलाइएको छ ।
जनतालाई एक गोली सिटामोल र पिउने पानी छैन । झाडापखाला, टाइफाइड, जुका र कुपोषणका कारण बर्षनी हजारौं बालबालीकाहरु अकालमा मरिरहेका छन् तर शासनमा बसेका दरवारीया र भ्रष्टाचारीहरु भने बर्षपिच्छे आफ्नै परिवारको भत्ता बढाउन तल्लीन छन् । दरवारभित्रको न्वारान र पास्नी तथा बिहे भोज लगायत जन्म उत्सवहरुमा राज्यको करोडौ रुपैया खर्च हुने गरेको छ । मुलुकमा गतिलो स्वास्थ्य सुबिधा छैन तर सत्तासिनहरु बिरामी भएको निउमा बिदेशमा लाखौ रुपैया खर्च गरेर उपचार गराउंछन् । जनतासंग एकजोर चप्पल छैनन तर दरवारीयाहरु करोडौ रुपैया पर्ने यूरोपेली गाडीहरु चढ्छन् । जनतालाई औषधी रोजगार खानेपानी शिक्षा जस्ता अत्याबश्यक बस्तुहरु उपलव्ध गराउनुको सट्टा दरवारीयाहरु अर्थहिन नीजि भ्रमण गरेर बिदेशमा मोजमस्ती गरिरहेका छन् । राज्यको सम्पती उडाएर हुने गरेका यस्ता भ्रमणहरुबाट राज्यले कुनै उपलव्धि पाउन सकेको छैन । यसै क्रममा अहिले यूवराज दम्पती यूरोप भ्रमणमा छन् । अष्ट्रियाका चान्सलरबाट बोलाइएको भन्दै ढाटेर गरिन लागेको यो भ्रमणमा राज्यकोषबाट ६ करोड रुपैया स्वाहा हुने भएको छ । यो भ्रमणले मुलुकमा कुनैपनि परिवर्तन गर्दैन र नेपाली जनताले यो भ्रमणबाट कुनैपनि उपलव्धि पाउदैनन भन्ने कुरा बिगतका व्यक्तिगत भ्रमणहरुबाट र्छलग भएको छ ।
गैडा दिएर हतियार भित्राउने तथा निरकुश सासनलाई टिकाउन र्समथन बटुल्ने उदेश्यले हुन लागेको अष्ट्रिया र प|mान्सकोे भ्रमणको हामी बिरोध गर्न गइरहेका छौं । प|mान्स जस्तो शसक्त राजनीतिक इतिहास र नागरिकहरु सम्पर्ूण्ा रुपले अधिकार सम्पन्न भएको मुलुकमा बसेर कलंकित छवी भएका यूवराज दम्पतीको स्वागत गर्ने कुरा हाम्रो नैतिकताले दिने कुरा होइन । मुलुकलाई रच्छ्यानमा मिल्काएर यूरोपको भ्रमण गर्ने यूवराज दम्पतीलाई आगामी चैत १३ गते प|mान्सको राजधानी पेरिस स्थित थ्रोकादेरो भन्ने ठाउमा कालो झन्डा देखाउने तयारीमा हामी नेपालीहरु लागेका छौं । हामी बिबादास्पद राजकुमार पारसलाई प|mान्स सरकार समक्ष अव आइन्दा यूरोप छिर्ने अनुमती नदिन, नेपालीहरु मास्न हातहतियारहरु नदिन र नेपालमा चलिरहेको प्रजातान्त्रीक आन्दोलनको पक्षमा ससक्त र्समथन र सहयोग गर्न अपिल गर्दछौं ।
एक्काइसौं शताव्दिका जनता कुनै एक परिवारद्धारा संचालित पारिवारीक शासन प्रणालीभित्र अटाउदैनन भन्ने कुरा दुनियाले बुझिसकेको कुरा हो । एक्काइसौ शताव्दिको शासन प्रणाली जनताद्धारा बनाइएको प्रणाली हो भन्ने बुझेर नै हामीले यो बिरोध कार्यक्रमको आयोजना गरेका हौंं । त्यसैले यो बिरोध कार्यक्रममा सहयोग, र्समथन, सहभागिता या प्रचार प्रसारकोलागि तपाइहरु समक्ष बिनम्र अनुरोध गर्दछौं ।

बिरोध कार्यक्रम ः सर्ंपर्क ः

मिती ः २०६२ चैत १६ -२६ मार्च २००६ ) अशोक न्यौपाने, फोन ः ०१ ४४ ८५ ५३ ०२
स्थान ः थ्रोकादेरो -आइफल टावर देखिने पट्टी), पेरिस इमेल ःanuj_neupane@hotmail.com

समय ः स्थानिय समय अनुसार दिउसोको ३ बजे हरिहर अर्याल, फोन ः ०१ ६० २५ १४ ७२
मेट्रो ः थ्रोकादेरो, लाइन नं ६ इमेल ः harihararyal@hotmail.com
आयोजक ः नेपाली लोकतान्त्रीक मन्च, प|mान्स किरण प्रधान, फोन ः ०१ ४५ ८१ ४६ ७५

पुनश्च ः कार्यक्रम बारेको समाचार तथा तस्विरहरु चाहिएमा यहि इमेलमा खवर पठाउनुहोला । हामी तपाइहरुलाई समाचार र फोटोहरु उपल्ाव्ध गराउन तयार छौं ।

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/03/26/kalo-jhanda/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons