० विकास रोकाया
विद्यार्थी संगठनबाट संगठित ह“ुदै जाने क्रममा ०५९ सालमा एरिया मिलिसिया भएर कार्यरत रहें । एरियामा रह“दा पार्टर्ीी क्रान्तिको काम गर्न, गराउ“दा केही बुझाइको समस्या थियो । पार्टर्ीी फौजीकृत हुने योजना ल्याएपछि एरिया मिलिसियाबाट जिल्ला कम्पनीमा काम गरे । त्यसपछि मलाई जनमुक्ति सेना बनेर लड्ने भित्री चाहना जागेर आयो । यसकारण जिल्ला पार्टर्ीी जिल्लामा नै आवश्यकता भएको बताए पनि मन मानेन र म तत्कालीन पश्चिम डिभिजनअर्न्तर्गत वहुवीर योद्धा आठौं ब्रिगेड ३१ औं वटालियनको ‘बी’ कम्पनीमा कार्यरत रहें । सुरुमा नया“ भूगोल, नया“ कार्यभार, नया“ भेष-भूषा, नया“ कार्यशैली भएको कार्यक्षेत्रमा काम गर्दा एक हिसाबले अल्मलिए पनि । अर्काे हिसाबले देश र जनताको निम्ति जनताबाट सिकेर जनतालाई सिकाउन म कम्मर कसेर लड्न थालें । त्यसक्रममा हामीले बाजुराको मातरीस्थित विजुली पावर हाउस ध्वस्त बनायौं । त्यो कार्बाहीमा म जनमुक्ति सेनाको सदस्यको रुपमा सहभागी थिए“ । मलाई सम्झना छ ०५५ साल माघ बाइसदेखि चैत्रसम्म मेरो अंकल दीपेन्द्रलाई दुःख दिने यहींका भिजिलान्तेहरु थिए । त्यसबेला अंकलले यातनाका दस्तावेजमा लेखेका अक्षरहरु मातरी डा“डामा खोज्न पुग्छु । भावनाका कुरा गरेर साध्य छैन । अहिले त्यो यातनाको दस्तावेजको विचारले अर्थात् प्रेरणाले म एक कुशल जनमुक्ति सेना बन्न लालायित छु ।
म यतिबेला घरबाट धेरै टाढा पुगेको छु । मेरा बुढा बाजेले हाट बजार गरेको ठाउ“ हो चिसापानी । मैले केही वर्षघि चिसापानी बजारको नाम सुनेको थिए“, हामीले त्यही चिसापानीमा वर्ग दुस्मनस“ग भिडन्त गर्यौं । पन्ध्र्र जना दुश्मनहरुलाई एउटै चिहान बनायौं । दर्ुइ दर्जन दुस्मनलाई कब्जा गरी हतियारस“गै अगाडि बढ्यौं । केही हतियार मेरा लागि नया“ थिए, म ती हतियारहरुको बारेमा जान्न चाहन्थे । क्रमशः जान्दै पनि गए“ ।
त्यसपछि कैलालीको ऐतिहासिक भूमि पाण्डौनमा गयौं । त्यतिबेला हाम्रो अर्वान टिम ५२ जनाको थियो । दुस्मन रेञ्जर बटालियनको रहेछ । उस“ग मज्जाले भिडन्त भयो, त्यही भिडन्तमा दुस्मनको वहु प्रचारित रेञ्जर बटालियनलाई हामीले हावाकावा खुवायौं र नेपाली क्रान्तिलाई नया“ उ“चाइमा पुर्याउने एउटा कार्बाही सिध्याएको महशुुुस गर्यौं जहा“१६ जना दुस्मन ढले । एम-१६ लगायतका अत्याधुनिक हातहतियार कब्जा गरेका थियौं । लर्डाई अचम्मको हु“दोरहेछ । म अनुभूतिहरु बटुल्दै छु ।
अगाडि बढ्दै जा“दा धनगढी कारागार कब्जा गर्ने योजना बन्यो । कार्वाहीको दिन बेलुकी सात बजे धनगढी बजारलाई थर्काउ“दै त्यहा“को दुस्मनलाई हावाकावा खुवाउ“दै उही पुरानो सुपरिचित श्रदेय कमरेड तिलक शर्मा -क.हिमाल) सहित ५२ जनालाई जेलबाट मुक्त गर्यौ । मैले कारागारको भोटेताल्चा फोड्ने जिम्मा पाए“, दर्ुइ लात्ती हानेपछि गेट खुल्यो, भित्रबाट उनै कमरेड तिलक शर्मा लगायत झण्डा उठाउ“दै क्रान्तिको नारा लगाउ“दै हामीस“ग मिसिनु भयो । हामीले उहा“हरुलाई आधारइलाकामा ल्यायौं । मनभरिका कुराकानी पनि गर्यौं । यो मेरो लागि कम्ती ठूलो गौरवको विषय थिएन ।
हाम्रो अर्वान टिम जब नेपालगञ्ज पुग्यो । दुस्मनको हेटर्क्वाटरमा आतंक छायो । हाम्रो महान् पार्टर्ीी जनतामा खुशीका सन्देशहरु बा“ड्ने कार्बाहीहरु गर्न थाल्यौ हामी । यसै क्रममा बर्दियाको गणेशपुरमा भिडन्त भयो । त्यो भिडन्त धेरै अर्थमा उल्लेख्य छ । मलाई त्यो मोर्चाबाट लर्डाई विचार हो, लर्डाई भावना हो र लर्डाई जीवनमरणको क्षण हो भन्ने लाग्छ । वास्तवमा जीवनको महत्व, गरिमा र ओज लर्डाईंको मोर्चामा पाइ“दो रहेछ । मेरो आदरणीय कमाण्डर क.जीत गुमाएर र्फकंदा मेरा ७२ वटै मांसपेसी हल्लिएर आ“सु नछल्किएका होइनन् । युद्ध न हो सबै पीडा, अप्ठ्याराहरु पचाउनर्ुपर्छ । अहिले गणेशपुर मोर्चा पीडालाई पचाउनुपर्ने मोर्चाको रुपमा वुझेको छु मैले । यो मोर्चाबाट पार्टर्ीी सिक्नुपर्ने कुरा पनि कम छैन भन्ने लागेको छ ।
कमाण्डरलाई गुमाएपछि केही समय हामी रानोबिनाको माहुरीझै भयौं । एकहप्तापछि पार्टर्ीीर्म्पर्कमा पुगेपछि पार्टर्ीी रुकुम, रोल्पातिर जानुपर्ने बतायो । म लर्डाईंमा बा“च्न त बा“चे तर खुट्टो मर्किएकाले जान नपाउने जस्तो भए“ । त्यो निर्ण्र्ाााई क्रस गर्दै लर्डाईं लड्न पाउने माग राखेर गए“ । त्यही यात्रामा पार्टर्ीीध्यक्ष क.प्रचण्डलाई भेटें । अध्यक्ष क.प्रचण्डलाई भेट्न पाउ“दा गर्वले मेरो छाती चौडा भएझै भयो । खाराको लडार्इं तीन दिनसम्म लड्यौ । लर्डाईं नापे तौलेजस्तो हुदोरहेनछ त्यहा“ म मरेर पनि बा“चे भन्ने लाग्छ । दुस्मनको जीपीएमजीका गोलीले मेरो कपालका रौंमा आगो लाग्यो । मेरो कमाण्डरले मलाई सजक गराउनुभयो । अनि आगो निभाए“ । त्यही मेरा सम्धी क.अपिल -धनराज एैडी) एम्बुस गर्दागर्दै शहीद हुनुभएछ । त्यस मोर्चामा ६२ जना कमरेडहरु गुमाएर र्फकंदा नरमाइलो त भयो नै तर यो मोर्चाको पृष्ठभूमिमा पाइएका शिक्षाले पर्ूर्वी नेपालको वन्दीपुर, मिर्चैयामा साथीहरुले ठूलो सफल्ता प्राप्त गर्नुभयो ।
त्यसैपछि हामी कैलालीको आमखैया भिडन्तमा जित्यौ । बर्दियाको रम्वापुरमा हार्यौ । यी दर्ुइ पश्चात कालिकोटको पिलीमा आएर उत्कर्षा लड्यौं । रणनैतिक प्रत्याक्रमणको पहिलो योजना सान्दार रुपमा सफल पारेर दोश्रो योजना ल्याउने बलियो आधार तयार पार्यौं ।
February 6, 2006
युद्धमोर्चामा संगालिएका एक वर्षा अनुभूतिहरु
Comments »
The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/02/06/anubhutiharu/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
