चुनावमा कुनै पनि रुपमा संलग्न नरहन आग्रह
काठमाडौं, माघ १५/ने.क.पा.-माओवादी) उपत्यका व्युरो कार्यालयका तर्फाट क.प्रभाकिरणले एक प्रेस विज्ञप्ति जारी गर्दै कथित चुनावमा उम्मेदवार नहुन, चुनाव प्रचार-प्रसार नगर्न र चुनाव सम्बन्धी कुनै पनि कार्यबाट टाढा रहन सवैमा अनुरोध गर्नुभएको छ । विज्ञप्तिमा उहा“ले आफ्नो अनुरोधलाई वेवास्ता गर्नेलाई गम्भीर परिणाम भोग्न पनि तयार रहन चेतावनी दिनुभएको छ ।
यतिखेर ज्ञानेन्द्रको चुनावी नौटंकीमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लाग्नु देश र जनताको शत्रु बन्नु हुने उल्लेख गर्दै उहा“ले विज्ञप्तिमा भन्नुभएको छ-”हाम्रो पार्टर्ीीानेन्द्र शाहीद्वारा मनोनित काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका कथित जिल्ला सभापतिहरुलाई पनि सो पदबाट यही माघ १९ गतेभित्र राजिनामा दिन अपिल गर्दछ । अन्यथा गम्भीर परिणाम भोग्न तयार रहन पनि गम्भीर चेतावनी दिन चाहन्छौं ।”
गिरफ्तार गरी निर्मम हत्या
काठमाडौं, माघ १५/अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य धनिराम न्यौपानेलाई शाही सुरक्षाकर्मीले माघ २ गते गिरफ्तार गरी यातना दिएर निर्ममतापर्ूवक हत्या गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष्ँ शालिकराम जमकटेलले हालै एक प्रेस वक्तव्य जारी गर्दै उक्त कायरतापर्ूण्ा हरकतको घोर निन्दा एवं भर्त्सना गर्दै क.धनिराम न्यौपानेलाई नेपाली क्रान्तिकारी मजदुर आन्दोलनका महान् शहीद घोषणा गर्नुभएको छ ।
शहीद क.धनिराम न्यौपानेप्रति श्रद्धान्जलि अर्पण एवम् शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै वक्तव्यमा भएकिो छ-”क.धनिराम न्यौपानेको हत्याले हाम्रो संगठन र सिंगो जनमुक्ति आन्दोलनमा अपुरणीय क्षति पुगेको छ । यस दुखद् घडीमा शोकलाई शक्तिमा बदल्दै क.न्यौपानेको हत्याको बदला र्सर्ंघषको मैदानबाट लिने प्रण गर्दै महान् सहिद क.न्यौपानेले देखाउनुभएको बाटोमा वहा“को सपनालाई पूरा गर्न सिंगो संगठन निरन्तर लागिरहने प्रतिबद्धता जनाउ“दछौं ।”
उहा“ले हत्याको ‘छानविन गरी सत्य-तथ्य जनसमक्ष ल्याई हत्यारो जत्थाको जनहत्यारो चरित्रलाई उदाङ्गो पानर्’ सम्पर्ूण्ा मानव अधिकारवादी संघ, संस्था पत्रकारलगायतमा अनुरोध पनि गर्नुभएको छ ।
January 29, 2006
Breaking news
Comments »
The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/01/29/breaking-news-2/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
