क्रान्तीकारी नेपाल


January 28, 2006

महान् शहीदहरुप्रति भावपर्ूण्ा श्रद्धाञ्जली †

Filed under: News

क्रान्ति र बलिदान बीच अभिन्न सम्बन्ध हुन्छ । वीर अमर शहीदहरुले हामीलाई सदैव क्रान्तिको वाटोमा लागिरहन अनन्त उत्प्रेरणा र उर्जा प्रदान गर्दै आउनु भएको छ । महान् जनयुद्धलाई रणनीतिक सन्तुलन र प्रत्याक्रमणको तयारीको वर्तमान चरणमा ल्याइपुर्‍याउनमा महान् अमर शहीदहरुको अविस्मरणीय योगदान रहेको छ । जनयुद्धको तयारीको प्रक्रियामा पार्टर्ीी केन्द्रीय सदस्य क. रामवृक्ष यादव र जनयुद्धका प्रथम शहीदका रुपमा क. दिलबहादुर रम्तेलले शहादत प्राप्त गर्नु भएको छ । जनयुद्धको प्रक्रियामा ने.क.पा.-माओवादी)को पोलिट व्यूरो सदस्य क. सुरेश वाग्ले तथा केन्द्रीय सदस्य क.रीतबहादुर खड्का, क्षे.व्यू.का सदस्यहरु क. तर्ीथ गौतम, क.रसकमल, क. रुद्र पाख्रिन तथा क. अर्जुन, तात्कालिक उपत्याकाञ्चल क्षेत्रीय संगठन व्यूरोका सदस्य तथा अखिल नेपाल जनसा“स्कृतिक संघका केन्द्रीय अध्यक्ष क. कृष्ण सेन ‘इच्छुक’, उपक्षेत्रीय व्यूरोका सदस्य क. अजबलाल यादव, क.प्रेम बराइली, क. विमल, क. अणु तथा क. बेनोज अधिकारी सहितका करीब ८ हजार जति महान् अमर शहीदहरुको शहादत प्राप्त भैसकेको छ ।
वार्ता र युद्धविराम कै प्रक्रियामा रामेछापको दोरम्बामा ने.क.पा.-माओवादी)का क्षेत्रीय व्यूरो सदस्य, तारामुमोका केन्द्रीय उपाध्यक्ष तथा रामेछाप जनसरकार प्रमुख क.वाबुराम तामाङ, सोही जिल्लाका पार्टर्ीीजल्ला सदस्यहरु क.अम्बिका दाहाल तथा क.रक्तिम सहित २१ जना, युद्धविराम भंग भए यता रौतहट जिल्ला समितिका सदस्यहरु क. सौरभ तथा क. पवन, धनुषा जिल्ला समितिका सदस्यहरु क.मिलन, क.हनुमान तथा क.रोहित, दोलखा जिल्ला समितिका सदस्य क.विपिन सहितका कमरेडहरुले शहादत्त प्राप्त गर्नू भएको छ । यसैगरी विशेष क्षेत्रीय संगठन व्यूरोका सदस्य क. कमल देवकोटा -पी.के.), छैठौ ब्रिगेड अर्न्तर्गत कम्पनी कमाण्डर तथा जिल्ला समिति सदस्य क.कुशल, सोलु जिल्ला समिति सदस्यहरु क.एकता, क.दावा तथा क.कवि, खोटाङ जिल्ला समितिका सदस्य क.कविता, उदयपुर जिल्ला समितिका सदस्यहरु क.विवेक तथा क.अप्सरा, सप्तरी जिल्ला समितिका सदस्य क.विवेक, सिरहा जिल्ला समितिका सदस्य क.शान्तिराम सहितका कमरेडहरुले शहादत प्राप्त गर्नु भएको छ । यसैगरी मेची-कोशी क्षेत्र अर्न्तर्गत क्षेत्रीय उपव्यूरो सदस्य तथा सातौ ब्रिगेड अर्न्तर्गत कम्पनी कमिसार क. लोचन तथा सोही व्यूरो सदस्य तथा सोही ब्रिगेड अर्न्तर्गत कम्पनी कमाण्डर क.अजय, इलाम जिल्ला समितिका सदस्य क.शशिकला शर्मा, तेह्रथुम जिल्ला समितिका सदस्य क.निर्मल, मोरङ्ग जिल्ला समितिका सदस्यहरु क.डम्बर चेम्जोङ्ग, सुनसरी जिल्ला समिति सदस्य क.रामकुमार वि.क., प्रतिमा तथा क. विश्वास, पा“चथर जिल्ला समितिका सदस्य क.दीपक दुलाल लगायतका वीर अमर शहीदहरुले शहादत प्राप्त गर्नु भएको छ ।
अन्तमा, महान् जनयुद्ध तथा सिङ्गो नेपाली क्रान्ति र विश्व र्सवहारा क्रान्तिको प्रक्रियामा वीरतापर्ूण्ा तथा उच्च शहादत प्राप्त गर्नु हुने सम्पर्ूण्ा महान् अमर शहीदहरुप्रति ने.क.पा.-माओवादी) पर्ूर्वी केन्द्रीय कमाण्ड स-सम्मान भावपर्ूण्ा श्रद्धाञ्जली अर्पण गर्दछ र वहा“हरुले देखाएको महान् मुक्तिको बाटोमा सदैव समर्पित रहने प्रतिवद्धता पुनः जाहेर गर्दछ । ख

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/01/28/abhibadan/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons