क्रान्तीकारी नेपाल


January 25, 2006

के थियो अप्रेशन पाथीभरा -

Filed under: Report

हिरामणि दुःखी/रोल्पा
ब्रि्रोही माओवादीहरुले थप गरेको एक महिनाको युद्धविराम सकिन मात्र एक हप्ता बा“की थियो । माओवादीहरु आफ्नो प्रतिबद्धतामा दृढ थिए । युद्धविरामको चार महिनामा उनीहरुको तर्फाट देशभरि कहीं कतै पनि फौजी गतिविधि भएनन् । बरु करीब दर्ुइ दर्जनभन्दा बढी आफ्ना नेता कार्यकर्ताको शाही सेनाबाट भएको हत्यालाई सहे, सयौं कार्यकर्ताको गिरफ्तारी पचाएरै बसे । धर्ैयता गुमाएनन् । राष्ट्रिय तथा अन्तर्रर्ााट्रय क्ष्ँेत्रबाट आएको सुझाव सल्लाह दबाब सबैलाई शिरोधार्य गरे । र, उनीहरुले भने-यदि हामीलाई शान्तिका बाधक ठानिएको हो भने हामी एकतर्फी युद्धविराम गरेर देखाइदिन्छौं । अनि प्रष्ट हुनेछ को रहेछ वास्तविक शान्तिविरोधी । हुन पनि त्यही भयो, माओवादीले चार महिनासम्म युद्धविराम गर्दा त्यसलाई पुरानो सत्ताले सम्बोधन गर्नु त परै जाओस् उल्टै माओवादी कमजोर भएको दावी गर्दै यही बेला भीषण दमन गर्नुपर्छ र सखाप पार्नुपर्छ भन्ने सोच लियो । त्यसैको परिणाम थियो रोल्पा अप्रेशन ।
रोल्पामा शाही सेनाले अपे्रशन पाथीभरा नामको नरसंहारकारी दमनचक्र सञ्चालन गर्‍यो । यही अपे्रशनको क्रममा गैरीगाउ“ गाजसको दुम्लामा पुस ११ गते भीषण हमला गर्‍यो । सम्भवतः दश वर्षो बीचमा हवाइ आक्रमण र स्थलगत अपे्रशन सबैभन्दा ठूलो थियो । त्यही भीषण हमलाको बीच भिडन्त भयो भिडन्तका क्रममा शाही सेनातर्फ६ जनाको मृत्यु, दर्जनौं घाइते भए भने हवाइ आक्रमणको क्रममा तीन जना जनमुक्ति सेनाको शहादत हुन पुग्यो ।
अपे्रशन पाथीभराको उद्देश्य
अपे्रशन पाथीभरा शाही सेनाबाट सञ्चालन गरेको अहिलेसम्मको सबैभन्दा ठूलो अपे्रशन थियो । काठमाडौंबाट ल्याइएको रेञ्जर फोर्ससहित करिब तीनदेखि चार हजारसम्मका शाही सेनाले जिल्लालाई चारैतिरबाट घेरा हालेर घेरा कस्दै अगाडि बढेको थियो ।
माओवादीहरुले एकतर्फी रुपमा गरेको युद्धविरामको अवधिमा सरकारले यसरी अप्रेशन बढाउनुको कारणबाट दुनिया“मा सबैलाई स्पष्ट रुपमा जानकारी के भयो भने सरकार शान्ति चाह“दैन र ऊ युद्धको खेती गर्न चाहन्छ । मुख्य उद्देश्य सरकारको युद्धविराम भङ्ग गराउनु नै थियो । यसका साथै यो अपे्रशनभित्र चार/पा“च लक्ष्य लिएर शाही सेना रोल्पा पसेको कुरा बुझ्न सकिन्छ । ती निम्न थिए ।
पहिलो, ब्यापक अपे्रशन गरेर भिडन्त निम्त्याउने र माओवादीद्वारा युद्धविराम तोडाउनु । सरकारलाई माओवादीले गरेको एकतर्फी युद्धविराम अभिशाप भएको थियो । यो युद्धविरामले माओवादीहरुले अन्तर्रर्ााट्रय क्ष्ँेत्रमा आफ्नो लोकप्रियताको शाख बढाएका थिए । आफूलाई जिम्मेवार राजनैतिक शक्तिको रुपमा र प्रजातन्त्रका असली पक्षधरको रुपमा स्थापित गराएका थिए । यसबाट सरकार निकै आतङ्कित बनेको थियो । साथै चार महिनासम्म युद्धविराम गर्दा पनि सरकारले त्यसको सुनुवाई नगर्ने र अझ अपराध गर्दै जानुले राजा ज्ञानेन्द्र नै प्रजातन्त्रको बाधक र युद्धपिपासु हुन भन्ने कुरा राष्ट्रिय र अन्तर्रर्ााट्रय समुदायमा समेत प्रमाणित भइरहेको थियो ।
अर्को कुरा राजा ज्ञानेन्द्र उद्योगपति र व्यापारीसमेत भएकोले युद्ध लम्ब्याएर युद्धका नाममा विदेशबाट हतियारको व्यापार गर्ने र सहयोग माग्दै आफ्नो नाफा कुम्ल्याउने माध्यमलाई बचाइ राख्नुथियो । त्यसका लागि लामो लडार्इं आवश्यक थियो तर्सथ माओवादीलाई युद्धविराम भङ्ग गराउन पे्रसर दिनका निम्ति यो अपे्रशन सञ्चालन गरियो ।
दोस्रो, माओवादी र सात दलबीच भएको १२ बु“दे समझदारीबाट सरकारलाई निकै अप्ठ्यारो पारिरहेको छ । तर्सथ माओवादी समेत शान्तिपर्ूण्ा जनआन्दोलनमा आए भने सरकारलाई अन्तर्रर्ााट्रय दवाव श्रृजना हुने हु“दा माओवादीहरुलाई सशस्त्र संर्घष्ामा नै फर्काउ“दा दर्ुइतिर लठ्ठी एकैपटक प्रहार गर्ने सोच्यो । त्यसो गर्दा एउटा त सात दलसंगको सम्झौता भंग गराउने र सात दललाई फुटाएर आन्दोलनलाई बीचैमा तुहाई दिने । यदि नफुटेमा माओवादीसंग मिलेको आरोपमा सात दललाई पनि हिंसाको बाटो लिएको आरोप लगाई ठूलो दमन गर्ने । यो सुझाव दरवार र सरकारलाई अमेरिकी साम्राज्यवाद, पाकिस्तान, चीन लगायतले उक्साएको हुनसक्ने प्रवल सम्भावना छ ।
तेस्रो, जनमुक्ति सेना र नेताहरुलाई घेरामा हालेर व्यापक आक्रमण गरी सखाप पार्ने रहेको थियो । किनभने माओवादीद्वारा गरिएको युद्धविरामलाई उनीहरु कमजोर भएको, ढाड भा“चिएको प्रचार सरकारले गरिरहेको थियो । त्यसैले यति नै बेला आक्रमण गरेमा माओवादीलाई नेस्तनाबुद गर्न सकिन्छ भन्ने सपना बोकेको शाही सेनाले काठमाडौंबाट समेत रेञ्जर फोर्स लिएर व्यापक हवाइ आक्रमणसहित स्थलगत अपे्रशन चलायो ।
चौथो, माओवादीलाई गाउ“मा र उनीहरुले घोषणा गरेको आधार इलाकामा नै अल्मल्याएर शहरी क्ष्ँेत्रमा विना रोकटोक कथित निर्वाचन सम्पन्न गर्ने रहेको थियो । किनभने कथित नगर निर्वाचनलाई सात दलसहित माओवादीहरुले पर्ूण्ा रुपमा ध्वस्त पार्ने भनिरहेका छन् । तर्सथ चुनावलाई सहज बनाउन माओवादीहरुलाई ग्रामीण क्ष्ँेत्रमा नै अल्मल्याउनु थियो ।
पा“चौ, माओवादीको आधार इलाकामा आफ्नो सहज उपस्थिति देखाएर नियन्त्रणमा रहेको दावी गर्नु थियो । यसो गर्दा देशभरि पुरानो सत्ता कै उपस्थिति छ भन्ने देखाइ ८० प्रतिशत ग्रामीण भू-भाग माओवादीको कब्जामा छैन भन्ने देखाउनु ।
दुम्ला भिडन्तको कारण
नेकपा-माओवादी)को आधारइलाकीय व्युरोले युद्धविरामको अवधिभित्र क्ष्ँेत्रव्यापी लोकतान्त्रिक जनपर््रदर्शन अभियान सञ्चालन गरिहेको थियो । मंसीर २५ गते रोल्पाको भावाङमा करिब २५ हजारभन्दा बढी जनता नारा जुलुस र झा“कीसहित विशाल सभामा उपस्थित भए । देशका प्रतिष्ठित पत्रिकाका पत्रकारहरु, लेखकहरुसहित अमेरिका, जापान, भारत, बेलायतलगायतका विदेशी पत्रकारहरुको पनि उपस्थित रहेको थियो । ती सभाहरुमा माओवादीका केन्द्रीय सदस्यहरु क्रमशः विप्लव, प्रभाकर, सर्ुदर्शनसहित विभिन्न जवस मोर्चामा नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
यसरी रुकुमकोटमा मंसिर २९ गते, सल्यानमा पुस ३ गते र दाङमा पुस ७ गते उक्त लोकतान्त्रिक जनपर््रदर्शन अभियानमा पचासौं हजार जनता मैदानमा उत्रिएका थिए । लोकतान्त्रिक जनपर््रदर्शन अभियान सात दलसंग भएको १२ बु“दे समझदारीकै प्रयोग भएको कुरा व्युरो इञ्चार्ज क.विप्लवले बताउनुहुन्छ । र, यो पर््रदर्शनले सरकारलाई निकै दबाब दिएको थियो । साथै माओवादीहरुको ढाड भा“चियो भनेर सरकारका मन्त्री तुलसी गिरी लगायतले भट्याइहेको समयमा लाखौं जनतासहित शान्तिपर्ूण्ा सभामा माओवादी नेताहरु आउनु सरकारको चुनौती बन्न गयो । तर्सथ यसलाई जसरी पनि बिथोल्नुलाई सरकारले आफ्नो सत्ताको रक्षा सम्झ्यो । त्यसैले सल्यानमा विथोल्न हवाइ आतङ्क श्रृजना गर्‍यो तर सभा सानदार सम्पन्न भयो । तब दाङको सभालाई जसरी पनि बिथोल्ने उद्देश्य लिएर शान्तिनगर पुगेको शाही सेनासंग जनमुक्ति सेनाको दोहोरो फायरिङ भयो । अन्ततः दाङको कार्यक्रम सफल पनि भयो । तब आफ्नै तरिकाले फर्किएको जनमुक्ति सेना र माओवादी नेताहरुलाई रोल्पामा घेरा हाली सखाप पार्ने उद्देश्य बोकेर सल्यान, रुकुम, रोल्पा दाङका सदरमुकामहरुबाट धेरै गु्रप बनाएर पैदल अपे्रशन सञ्चालन गर्‍यो भने काठमाडौंबाट रेञ्जर फोर्स लिएर हेलिकप्टरबाट रोल्पाका विभिन्न ठाउ“मा सेना उतारेर अपे्रशन बढायो ।
कसरी भयो भिडन्त -
दाङबाट सकुशल फर्किएका नेता, कार्यकर्ता एवं जनमुक्ति सेनाका एउटा टुकडी रोल्पाको गैरीगाउ“ दुम्ला क्ष्ँेत्रमा सेल्टर लिई बसेको थियो । त्यसलाई घेरा हाल्न सल्यानको कपुरकोटबाट पैदल बढेको करिब एक बटालियन बराबरको फोर्स बुढागाउ“को सिमपानी इलाकामा आएपछि दर्ुइ भागमा बा“डिएर एउटा नुवागाउ“ तर्फाट र अर्को जुगार हु“दै झिनुवा भएर दुम्लालाई बीचमा पार्‍यो । उता दाङ घोराहीबाट होलेरी हु“दै बढेको शाही सेना नुवागाउ“ हु“दै दुम्लालाई घेरा हाल्यो । उता लिवाङबाट दर्ुइ गु्रप एउटा माडिचौर हु“दै भावाङ, जङकोटतर्फर अर्को धा“ङ्सी थवाङ हु“दै राङकोटतर्फबढ्यो । अर्को सल्यानबाट दमाचौर र थारमारे हु“दै दर्ुइ वटा गु्रप रोल्पाको ओत, जिनावाङ, तालावाङतर्फअगाडि बढ्यो । त्यसैगरी खाराबाट रा“क, पाखापानी र पाछावा“ङतर्फ रुकुमबाट महत, गुनाम हु“दै थवाङतर्फ रुकुमकोट हु“दै चुनवाङतर्फर तुल्सीपुर र काठमाडौंबाट हेलिकप्टरमार्फ राङ्सी, राङ्कोट, कुरेली, मिरुल, र्घर्तीगाउ“मा हजारौंको संख्यामा रेञ्जर बटालियन उतार्‍यो ।
यसैबीचमा दुम्लालाई नजिकैबाट घेरा कसेपछि एकैसाथ स्काइभ्यान जहाजको प्रत्यक्ष कमाण्ड लिंदै तीन वटा हेलिकप्टरले आकाशबाट र पैदल दर्ुइतिरबाट दुम्लामा भीषण बमवषर्ा गर्‍यो । जब हवाइ आक्रमणबाट जनमुक्ति सेन्ँाका तीन सदस्यले शहादत प्राप्त गरे तब माओवादीको धर्ैयताको बा“ध फुट्न बाध्य भयो । त्यसपछि पैदल अगाडि बढेको शाही सेनामाथि जवाफी हमलाबाट छ जना शाही सेनाको मृत्युभयो भने दर्जनौ सख्त घाइते भए । त्यसपछि शाही सेना पैदल त पछि हट्न बाध्य भयो भने लगातार सात घण्टासम्म तीनवटा हेलिकोप्टर र एउटा स्काइभ्यानबाट हवाइ आक्रमण गरी रहे ।
हवाई आक्रमणबारे स्थानीय एक व्यापारी भन्छन्- “आकाशबाट गोली त असिना बराबर वर्षोका थिए । शुरुशुरुमा डर लागेपनि पछि सात घण्टासम्म कहा“ लुकिराख्नु, त्यसैले डर पनि पच्यो । तर बम खसाल्दा भने निकै डर लाग्यो । माओवादीले जवाफी आक्रमण नगरेको भए त नजिकबाट बम खसालेर हजारौं जनता माथ्र्यो र गाउ“ पनि पूरै खरानी पाथ्र्यो”
“ए त्यो घरमा बम खसाल त्यहा“ १०/१२ जना लुकेका छन् ।”
“होइन साप यहा“ त राता कपडा लगाएका महिला र केटाकेटी जस्ता देखिन्छन् त ।”
“ठोक साला जोसुकै होउन् रोल्पालीहरु सबै आतङ्ककारी नै हुन् ।”
“ए त्यो रुखमुनी हान् त्यहा“ चस्मा लगाएका र लेदर ज्याकेट लगाएका मान्छे झुम्मिएका छन् ।”
यी सम्वाद थिए स्काइभ्यानमा बसेको शाही सेनाको कमाण्डर र हेलिकप्टरबाट आक्रमण भरिरहेका शाही जल्लादहरु बीचका । यी सम्वाद दुम्ला क्षेत्र र तिला बजारमा बसेका जनताले एफएम व्याण्डमा ‘ट्युन’ गरेर उनीहरु बीच्को सम्वाद सुनिरहेका थिए । अहिले टिला बजार र दुम्ला क्ष्ँेत्रका जुनसुकै व्यक्तिले पनि सात घण्टासम्म भीषण बमबारी गर्ने बेलाका शाही सेनाका सम्वादका एक-एक निर्देशन कण्ठस्थ सुनाउ“छन् ।
अपे्रशनमा कहा“ कहा“ ज्यादती गर्‍यो -
अपे्रशनका क्रममा शाही सेनाले हरकत बढाएका क्ष्ँेत्रहरुमा रोल्पाका थवाङ, मिरुल, कुरेली, राङकोट, राङ्सी, भावाङ, जंकोट, धाङ्सी, थवाङ, पाछावाङ, पाखापानी, इरिवाङ, तालावाङ, जिनावाङ, ओत, र्घर्तीगाउ“, गैरीगाउ“, नुवागाउ“, झेनाम, बुढागाउ“, जु“गार थिए । उता रुकुममा चुनवाङ, स्यालापाखा, रुकुमकोट, का“क्री, महत, खारा, रुैघा थिए । त्यसै गरी सल्यानमा दमाचौर, कोटमौला, थारमारे, शिवरथ, बा“फूखोला, धनवाङ, रीम, खर्पा, आदि गाजसबाट हरकत बढाउ“दै रोल्पालाई घेरा हालेको थियो ।
लुटपाट गरेका ठाउ“हरुमा
- बागमाराको सहकारी पसलबाट ११४१५९/- रकम बराबरको किराना सामान, फेन्सी र रासन लगायतका सामान लुटेर खोलामा बगाएको र आगो लगाइदिएको ।
- खरीबोट रोल्पाको सहकारी पसल जलाउ“दा ३५ हजारको नष्ट भएको ।
- थवाङको सहकारी पसलबाट पर्दा र फेन्सी सामान ७० हजार बराबरको आगो लगाई नस्ट गरेको, थवाङमै उद्योगमा आगो लगाउ“दा १९ हजारको क्ष्ँति ।
- त्यस्तै रा“कको तालाकोटको खुद्रा र फेन्सी गरी दर्ुइ लाख पचास हजारको सहकारी पसल आगो लगाएर नष्ट गयो ।
- जिनावाङको मुख्य ओडारमा रहेको करीब ५० हजारको भेटनरी पसल आगो लगाई नष्ट गरिदिएको ।
- थवाङको र्झकवाङमा दर्ुइ तले २,४०,०००/- को घर र ३० हजारको पानीको पाइप आगो लगाई ध्वस्त पारेको, थवाङकै कृषि फाराम पाइप आगो लगाई ध्वस्त पारेको, थवाङकै कृषि फाराम २० हजार, नर्सरी १० हजार,
- गैरीगाउ“ दुम्लाको दर्ुइ लाखका लजिष्टिक -कम्बल कपडा), जेनेरेटर ८० हजार, सभा हल ४० हजारको र जनताका दर्ुइवटा गोठहरु आगो लगाई नष्ट गरिदिएको ।
- सल्यानमा थारमारेको सहकारी पसल, खरीबोटको सहकारी पसल, दमाचौरको एग्रोभेट २५ हजार गरी करिब तीन लाखभन्दा बढीको नष्ट गरिदियो ।
- इरिवाङ वाफेको खुद्रा पसल लुटेको ।
माथि उल्लेखित सबै पसलहरु जनताका शेयर लगानीमा सञ्चालन गरिएका सहकारी पसलहरु थिए ।
जनतालाई कब्जामा लिएको
शहीद मार्ग निर्माणका लागि सल्यान र रुकुमबाट आएका जनता बाटो खनिरहेका थिए । जब नजिकै रहेको दुम्ला र त्यस आसपासका क्ष्ँेत्रहरुमा तीनवटा हेलिकोप्टरबाट अन्धाधुन्ध रुपमा भीषण बमवषर्ा गर्न थाल्यो तब निर्माण समितिका कार्यकर्ताहरुले जनतालाई सुरक्षित घर फर्काउन थाले । यसैक्रममा शाही सेना भएको ठाउ“लाई छल्दै उनीहरुलाई ओत पुर्‍याइको थियो, उता सल्यानको दमाचौर हु“दै खर्सर्ुुस भएर रोल्पा पसेको शाही सेनाले ओतमा ती सल्यानी जनतालाई कब्जामा लियो । त्यसपछि ती जनतालाई भारी बोकाएर रुकुमको चुनवाङ पुर्‍याइयो । चुनवाङमा शाही सत्तामा मतियार र भाटहरु सहायक सिडियो र टिके सभापति लोकेन्द्र शाह आएर भाषण गरी माओवादीबाट मुक्त गराएको नाङ्गो झुट बोले । र, काठमाडौंबाट भाडामा हेलिकप्टरबाट आस्था र स्वाभिमान बेचेर दरवारमा पोइल गएका कर्ण्र्ााखर धिताल -कथित पत्रकार) मार्फ जनतालाई बोल्न लगाएको नाटक रची पहिले नै तयार पारिएको बयान बोल्न लगाई रेडियोबाट प्रशारण गरियो ।
यसप्रकार सफेद झुठमा टिकेको र युद्धको खेती गरेर साम्राज्यवादी मालिकहरुलाई रिझाई निरंकुश सामन्ती राजा ज्ञानेन्द्रका गोठाला र खेतालाहरुले करोडौंको खर्च गरेर रोल्पामा अप्रेशन सञ्चालन गरे । अन्ततः उसको मिशन कामयावी नभएपछि जनताको धनसम्पत्ती लुटपाट गरेर र आगो लगाई नष्ट पारेर रित्तो हात १२ दिने अभियान पूरा गरी शाही सेना पुनः ब्यारेक फर्कियो ।

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/01/25/reports/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons