क्रान्तीकारी नेपाल


January 25, 2006

अभ्यस्त सिपाही, स्रष्टा र रातो तारा

Filed under: Books

० कुमार मल्ल
-शाही सेनाको बम प्रहारबाट जनमुक्ति सेनाका डिभिजन कमाण्डर क.सुनिलस“गै मंसिर १४ गते शहादत प्राप्त गर्ने झक्कुप्रसाद पुन -क.निर्मम) एउटा प्रतिभावान स्रष्टा पनि हुनुहुन्थ्यो । युद्धका मोर्चाहरुमा क्रियाशील हुने क्रममा सैन्य जीवनमा प्रत्यक्ष भोगेका, अनुभूत गरेका जीवन्त भोगाइहरुको सेरोफेरोमा केन्द्रित रहेर उहा“ले आफ्नो शहादतको केही समयअघि मात्र एउटा कथा संग्रह तयार गर्नुभएको थियो । उक्त पुस्तक जनसेनाले नै आफ्नै स्रँेत साधन र प्रविधिबाट प्रकाशित गरेको थियो । सोही पुस्तकको समिक्षा प्रस्तुत गरिएको छ )
यही २०६२ कार्तिकमा प्रकाशित झक्कुप्रसाद पुन -क.निर्मम)द्वारा लिखित कथा सङ्ग्रह ‘अभ्यस्त सिपाही’ अध्ययन गर्ने मौका मिल्यो । उक्त कथा सङ्ग्रहमा बाह्रवटा कथाहरु सङ्कलित छन् । यो कथा सङ्ग्रह मंगलसेन प्रथम व्रिगेड अर्न्तर्गतको १ नम्बर बटालियन जनमुक्ति सेना नेपालद्वारा प्रकाशित गरिएको शायद पहिलो पुस्तक हुनर्ुपर्छ, जनयुद्ध थालनीपछिको प्रगतिवादी साहित्य फा“टमा ।
अभ्यस्त सिपाही कथा सङ्ग्रहमा संकलित कथाका रचनाकार स्वयं जनमुक्ति सेना नेपालका कमाण्डर हुन् । उनी स्वयं फिल्र्डवर्कर हुन् । एउटा जनसेनाले आफ्नो सैन्य जीवनमा प्रत्यक्ष भोगेका, अनुभूत गरेका जीवन्त भोगाइहरुको सेरोफेरोमा केन्द्रित छ कथा संग्रह । कथाकार सामन्तवादी सत्ताको ध्वंश र नया“ जनवादी सत्तँ निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न कहिले हिमाल, कहिले पहाड त कहिले तर्राईमा पुग्छन् । सैन्य योजना कार्यान्वयन गर्ने क्रममा विभिन्न ठाउ“हरुमा त्यहा“का विशिष्टताहरुस“ग परिचित हुन र अमूल्य अनुभव संकलन गर्न पुग्छन् । वर्ग संर्घष्ा सामाजिक अन्तरविरोधहरुको एकमुष्ठ हल हो । यो राजनैतिक, वैचारिक, सांगठनिक, सैन्य सा“स्कृतिक तथा आर्थिक -उपरिसंरचना र आधार दुवै) समस्याहरुको हल हो । कथाकारले यिनै विविध पक्षहरुमा यथाशक्य प्रकाश पारेका छन् ।
साहित्य समाजको यन्त्र भएकोले यसले समकालिन समाजको अनुहार चित्रित गर्दछ । दास युगको सामाजिक स्थिति स्पार्टर्ााको ‘आ“धी व्रि्रोह’ -उपन्यास) ले र्छलङ्ग देखाउ“छ । सामन्ती समाजको बारेमा रामायण, महाभारत आदि बोल्छन् भने अहिले बजारमा छ्याप्छ्याप्ती आएका अश्लिल उपन्यास, नाङ्गा फोटाहरु पु“जीवादी, साम्राज्यवादी समाजका असली प्रतिविम्व हुन् । नया“ युगले दश वर्षंगै लिखित यो रक्तिम कथा संग्रह एउटा नया“ कोसेली हो ।
वर्गीय समाजमा शोषक र शोषित बीचमा चल्ने संर्घष्ाको प्रतिविम्व नै साहित्यमा द्वन्द्व हो । भीषण वर्गीय टकरावको बेला समकालीन साहित्यमा ‘आतङ्क र आनन्द’ को द्वन्द्वको रुपमा यो अभिव्यक्त हुन्छ । जनयुद्धको पहलपश्चात् बालक दिलबहादुर रम्तेलदेखि रुकुमका खत्रीबन्धुहरु, मिरुल सामूहिक हत्या -रोल्पा) हु“दै खाराको विभत्स आमसंहारसम्म पुग्दा पुरानो सामन्ती प्रतिक्रियावादी सत्ताले खुबै आनन्दित महसुस गर्‍यो भने जनताले आतङ्कति भएको । तर जब जनसेनाले एकपछि अर्को विजय हासिल गर्दै डोल्पाको दुनै पुग्यो दुश्मन अति भयाक्रान्त भयो, जनता अति आनन्दित भए । यसैमा छ- आतङ्क र आनन्दको द्वन्द्व । अध्यक्ष क.प्रचण्ड “हा“स्दा हा“स्दै रोएका र रु“दारु“दै हा“सेका छौं” भन्ने भनाई यसैको संश्लेषित र केन्द्रिकृत अभिव्यक्ति हो । अभ्यस्त सिपाही कथामालामा यो द्वन्द्वलाई उजागर गरिएको छ ।
साहित्य वर्गीय आर्थिक आधारमाथि खडा भएको उपरिसंरचना/प्रतिविम्व हो । त्यसैले वर्गीय समाज रह“दासम्म सबै लेखक, कलाकार, गीतकार वा संगीतकार दर्ुइ -शोषक वा शोषित) वर्गमा एउटा न एउटाको पक्षधर हुन्छन् । त्यसैले साहित्यले कुनै एउटा वर्गको सेवा गर्छ । चौरासी व्यञ्जन धनाड्यहरुको खाना हुनसक्छ, तर गरीबको कदापी हुन सक्तैन ।
यर्सथ, कला कलाको लागि ९ब्चत ायच ब्चतुक क्जबपभ०, कला सबैका लागि हुन सक्तैन । महान् लेनिनले यही अर्थमा साहित्यलाई पेच, किला र का“टीको संज्ञा दिनुभएको हो । अभ्यस्त सिपाही कथा संग्रहमा संग्राहित १२ वटा कथा पनि यसका दृष्टान्त हुन् ।
बर्ुर्जुवाहरुले प्रगतिवादी साहित्यलाई- ‘पाठ’ वा ‘शिक्षा’ भनी बारम्बार टिप्पणी गर्छन् । यथार्थ कुरा के हो भने बर्ुर्जुवाहरुले भ्रममा राखेका युवा पंक्ति तथा जनतालाई भ्रममुक्त गराउन एउटा प्रगतिवादी साहित्यकारले सत्य र यथार्थको बोध र पहिचानको लागि साहित्य सृजना गर्छ । यही बोध र पहिचान बर्ुर्जुवाहरुको ‘पाठ’ र ‘शिक्षा’ बन्न जान्छ ।
केही थप कुराहरु ः
भाषिक सरलतामा समस्या-
यस कथामालाका कथाहरुमा घटनाक्रम जोड्दा अलिकति पृष्ठभूमि विना नै जोडिएको छ । सिधा-सिधा लेखिएकाले कतैकतै राजनैतिक लेख जस्तो लाग्छ । यसको अर्थ साहित्य राजनीतिबाट निर्देशित हुनुहु“दैन भन्ने पटक्कै होइन । भाषा अलि केही साङ्केतिक सरल र ग्रामीण भए हाम्रा पाठकसमक्ष सन्देश संप्रेषण गर्न र बुझ्न/बुझाउन सजिलो हुनेथियो । कतिपय अंगे्रजी शब्दमा ज्रि्रो बानी पर्नुपर्ने छ भने कतिपयलाई सरलतामा ढालेर सलल बगाउनर्ुपर्छ ।
प्राविधिक कुरामा ख्याल-
प्राविधिक शब्दहरु प्रयोग भएका छन् केही ठाउ“मा । ठाउ“, व्यक्ति, प्रविधि विशेष शब्दहरु कमभन्दा कम प्रयोगमा ल्याउन ध्यान पुर्‍याउनर्ुपर्छ साहित्यिक कृतिमा ।
नव प्रतिभा
२०२८ साल मंसीर ७ गते सल्यान जिल्ला कालागाउ“-६ पैया“रुखमा जन्मेर आइ.एड.-नेपाली विषय) सम्मको औपचारिक शिक्षा हासिल गरेका क.निर्मम एक नव प्रतिभा हुन् । सुरुसुरुका लेखन/प्रकाशनले केही कमी कमजोरी लिएर आउनु स्वभाविकै हो । तर पनि युद्धको मैदानमा डट्दा डट्दै कृति सृजना गर्नु चानचुने कुरा भने होइन । युद्ध कथाकार ९ध्बच कतयचथ धचष्तभच० को रुपमा आफूलाई उभ्याउने कोशिशमा देखिन्छन् क.निर्मम ।
एउटा रातो तारा-
कथाकार क.निर्ममको कथा संग्रह अभ्यस्त सिपाही पढी नसिध्याउ“दै इतिहासले निर्मम निर्ण्र्ाालिएको खबर आयो । वर्ग संर्घष्ाको नया“ शिराबाट सीमाभङ्ग गरेको सन्देश ल्यायो । कथाकार क.निर्मम स्वयं नया“ अध्याय थालनीको अमर पात्र बनिसकेछन्- २०६२ मंसीर १४ गते सल्यानको गुरा“सेमा ।
उनले थालनी गरेको युद्ध साहित्यलाई निरन्तर समृद्ध गर्दै अघि बढ्ने बाचासहित, नव प्रतिभा वीर शहीद क.निर्ममप्रति शब्द श्रद्धा †† २०६२ कार्तिक १५

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/01/25/publication/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons