क्रान्तीकारी नेपाल


January 25, 2006

देशैभरि जनसेनाका फौजी कार्वाही

Filed under: News

‘शाही सेनाको जनदमन अभियान निस्तेज’
जनमुक्ति सेना, नेपाल पश्चिम सैन्य कमाण्ड हर्ेडक्वार्टरका प्रवक्ता रमेश कोइरालाले शाही सेनाले पाल्पा, स्याङ्जा लगायतका जिल्लामा गरेको जनदमन अभियानलाई जनसेनाले निस्तेज तुल्याइदिएको बताउनुभएको छ । आज एक प्रेस वक्तव्य जारी गर्दै उहा“ले ती प्रतिरोध आक्रमणमा अहिलेसम्म नौ शाही सेनाको मृत्यु भएको बताउनुभएको छ ।
कोइरालाले वक्तव्यमा भन्नुभएको छ-”पाल्पाको ग्रामीण इलाकालाई केन्द्रबिन्दु बनाई बुटवल, तानसेन, रामपुर, नवलपरासीबाट एकैसाथ जनदमनको लागि निस्केको हत्यारो ज्ञानेन्द्रको शाही जत्थामाथि जनमुक्ति सेना, नेपाल पश्चिम सैन्य कमाण्डका विभिन्न टुकडीहरुले विभिन्न स्टेपहरुमा व्यापक हमला गरी उसको जनदमन अभियान निस्तेज पारिदिएका छन् । त्यसक्रममा हिजो सा“झदेखि हालसम्म पाल्पाका बहादुरपुर, ज्यामिरे र सिन्दुरे इलाकामा दुश्मन फौजमाथिको आक्रमण जारी रहेको र उसलाई पर्ूण्ारुपमा पराजित नगरेसम्म आक्रमण जारी रहनेछ ।
आज मध्यान्नसम्मको लर्डाईंमा जनमुक्ति सेनाको आक्रमणमा परी शाहीफौजका चार जवानको मृत्यु भएको छ । यी सबै लर्डाईंहरुमा जनमुक्ति सेनातर्फकुनै पनि क्षति भएको छैन । यसअघि पाल्पाको झरेवा र स्याङ्जाको गल्याङ चेकपोष्टमा गरिएको आक्रमणमा परी, दर्ुइ ठाउ“मा परी, पा“च जना शाहीफौजमा मृत्यु भएको छ ।”
मकवानपुर भिडन्तमा शाही सेनालाई ठूलो क्षति
माघ ८ गते सा“झदेखि भोलपल्ट विहान २ बजेसम्म शाही सेना र जनसेनाबीच मकवानपुरको फापरवारी, झुरझरेमा भएको भीषण भिडन्तमा ६४ शाही सेना मारिएका छन् भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।
नेकपा-माओवादी) विशेष कमाण्ड इञ्जार्ज तथा जनसेनाका डेपुटी कमाण्डर क.अनन्तले दिनुभएको जानकारीअनुसार जनसेनाले सो आक्रमणबाट एलएमजी एक थान, त्यसका म्यागजिन १८ थान, गोली पा“च हजार थान, सञ्चार सेट दर्ुइ थान, रकेट लञ्चरका सेल १२ थान, टु-इञ्च मोर्टर्ााा सेल तीन थान, झोला २२ वटा कब्जा गरेका छन् ।
सो भिडन्तमा जनसेनातर्फबटालियन सहायक कमिसार क.कल्याण, कम्पनि कमाण्डर क.रविन, कम्पनि भाइस कमाण्डर शिखरसहित २२ जनाको शहादत भएको पनि बताइएको छ ।
नेपालगञ्जमा जनसेनाको भीषण आक्रमण
यसैगरी जनमुक्ति सेनाका योद्धाहरुले नेपालगञ्जका व्यस्त वीपीचोक र जमुनियामा रहेका प्रहरी चौकीहरुमा माघ ७ गते सा“झ ६ बजे भीषण आक्रमण गरी कब्जामा लिएका छन् । जनसेनाले आक्रमण गर्दा भएको भिडन्तमा छ प्रहरी मारिएका छन् भने केही घाइते भएका छन् ।
भारतको सिमाना नजिकै रहेको जमुनिया प्रहरी चौकीमा आक्रमण गर्दा त्यहा“ रहेका अधिकांश प्रहरीहरु हतियारसहित भागेर भारत पसेका थिए । दुवै चौकीबाट गरी जनसेनाले छ थान थ्रीनटथ्री राइफल र एक थान सटगन कब्जा गरेको समाचार छ । भिडन्ततर्फजनसेनातर्फकुनै क्षति नभएको बताइएको छ ।
माओवादीले शाही सेनाको ढाल बनेर नउभिन, जनदमन नगर्न, चुनावको प्रचारमा नहिंड्न र विभिन्न स्थानमा राखिएका चौकीहरु हटाउन गरेको बारम्बारको आग्रहलाई बेवास्ता गरेकाले ती चौकीहरुमाथि आक्रमण गर्न बाध्य हुनुपरेको कुरा नेकपा-माओवादी)का बा“के-बर्दिया इञ्चार्ज क.अथकले बताउनुभएको छ ।
पर्सर्ाा बम बिस्फोट
माघ ६ गते पर्सर्ााे प्रमुख ब्यापारिक नाका बीरगंज उपमहानगरपालिकामा अवस्थित नेपाल राष्ट्रिय बाणिज्य बैंकको कार्यालयमा जनसेनाले बम बिस्फोट गरी एउटा पर्खाल नै क्षत्रि्रस्त गराइदिएका छन् । सोही दिन अत्यन्त सुरक्षाको घेरामा रहेको वीरगंज नगरपालिकाको भवनमा चेतावनीस्वरुप जनसेनाले बिस्फोट गर्न राखेको बमलाई भने शाही सेनाले निस्त्रिmय गराएको समाचार छ ।
त्यसैगरी बाराको सदरमुकाम कलैयाको जिल्ला विकास समितिको कार्यालयमा अस्ति बम बिस्फोट गरी क्षत्रि्रस्त गराइएको समाचार छ ।
पर्सर्ााे ग्रामीण इलाकामा शाही सेनाले अहिले व्यापक दमन बढाएको छ । पर्सर्ााट अकलु भन्ने माओवादी कार्यकर्तालाई माघ ५ गते र रामशरण बर्ताैललाई माघ ६ गते पक्राउ गरी बेपत्ता बनाएको छ । उहा“हरुको जीवनरक्षा र र्सार्वजनिकीकरणका लागि पहल गरिदिन माओवादी जिल्ला पार्टर्ीी मानव अधिकारकर्मी, पत्रकारलाई विशेष अनुरोध गरेको छ ।
वन कार्यालय क्षत्रि्रस्त
जनसेनाले पाल्पा सदरमुकाम तानसेन बजारमा रहेको वन कार्यालयमा माघ ८ गते बिहानै बम विस्फोट गराएका छन् । विस्फोटनबाट भवन क्षतिगस्त भएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/01/25/krantikari/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons