हेटौडा, माघ ९/हिजो सा“झदेखि आज विहानसम्म शाही सेना र जनसेनाबीच मकवानपुरको फापरवारीमा भएको भीषण भिडन्तमा ६४ शाही सेना मारिएका छन् भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।
नेकपा-माओवादी) विशेष कमाण्ड इञ्जार्ज तथा जनसेनाका डेपुटी कमाण्डर क.अनन्तले दिनुभएको जानकारीअनुसार जनसेनाले सो आक्रमणबाट एलएमजी एक थान, त्यसका म्यागजिन१८ थान, गोली पा“च हजार थान, सञ्चार सेट दर्ुइ थान, रकेट लञ्चरका सेल १२ थान, टु-इञ्च मोर्टर्ााा सेल तीन थान, झोला २२ वटा र स्लिपीङ व्याग २२ वटा कब्जा गरेका छन् ।
सो भिडन्तमा जनसेनातर्फबटालियन सहायक कमिसार क.कल्याण, कम्पनि कमाण्डर क.रविन, कम्पनि भाइस कमाण्डर शिखरसहित २२ जनाको शहादत भएको पनि उहा“ले बताउनुभएको छ ।
दिल्लीमा जनअधिकारको पर््रदर्शन
नया“ दिल्ली, माघ ९/दिल्ली, हरियाणा तथा उत्तर प्रदेशका गणतन्त्र र्समर्थक हजारौं नेपालीहरुले आज दिउ“सो यहा“स्थित संसदमार्ग जन्तरमन्तरमा नेपालको शाही सत्ता र उसले हालैका दिनमा विभिन्न राजनीतिक दलहरु र सूचना संचारमाथि लादेको शाही आतंकविरुद्ध खबरदारी गर्दै विशाल पर््रदशन र जनसभा गरे । नेपालको क्रान्तिकारी आन्दोलन र गणतन्त्रको पक्ष्ँधर नेपाली जनअधिकार सुरक्षा समितिको आयोजनमा राखिएको जनपर््रदशनमा दिल्ली, गुडगाउ“, फरिदावाद, गाजियावादका हजारौं नेपाली महिला तथा पुरुषहरुको उपस्थिति रहेको थियो ।
‘राजा ज्ञानेन्द्र नेपाल छोड, शाही आतंक बन्द गर, गिरफ्तार नेताहरुलाई रिहा गर, संविधान-सभा एकमात्र विकल्प, अमेरिकी साम्राज्यवाद मर्ुदावाद आदि गगनभेदी नाराहरु गुन्जाउ“दै र सयौं राता झण्डा फहराउ“दै हजारौंको जुलुस जन्तरमन्तर पार्कबाट संसदमार्गतर्फअघि बढेको थियो । संसदमार्गमा बेरिकेड लगाएर प्रहरीले जुलुस अघि बढ्न रोकेपछि जुलुस संसद मार्गमै आमसभामा परिणत भएको थियो ।
सभालाई अखिल नेपाल किसान संघ -क्रान्तिकारी) का उपाध्यक्ष्ँ भक्ति लामिछाने, जनअधिकारका अध्यक्ष लक्ष्मण पन्त वरिष्ठ भारतीय पत्रकार अनिल चमडिया, न्यू डेमोक्रेसीका डा.विकास, लोकतन्त्र मासिक-नेपाली)का सम्पादक शैलेश आचार्यले सम्बोधन गर्नुभएको थियो ।
मकवानपुरमा जनसेना र शाही सुरक्षाकर्मीबीच भिडन्त
काठमाडौं, माघ ८/आज दिउ“सैदेखि मकवानपुरको फापरवारीमा जनसेना र शाही सुरक्षाकर्मीबीच भीषण भिडन्त भइरहेको समाचार छ । त्यहा“को भिडन्तमा जनसेनालाई मार्न शाही सेनाले अहिले नाइटभिजन हेलिकप्टरले समेत प्रहार गरिरहेको भए पनि जनसेना जमिनी लर्डाईंमा अहिलेसम्म प्रभावी भइरहेको बुझिएको छ ।
पोखरामा कुकुर उम्मेदवार
पोखरा, माघ ८/ शाही सत्ताले नगरपालिका चुनाव निकट आइसक्दा पनि आफ्नो उम्म्ेादवार पाएको छैन, तर जनताले भने पोखरामा आफ्नो तर्फाट कुुकुर उम्मेदवार खडा गरेर प्रचारप्रसार सुरु गरिसकेका छन । ‘म यसपटकको उम्मेदवार भएको छु, मलाई भोट दिनोस्’ भनेर लेखेको कागज कुकुरको छातीमा टा“सेर कुकुरलाई बजार घुमाइन थालिएको छ । यो ढंगको प्रचारले चुनाव ब्यंग्य भएको मात्र छैन, बजारवासीलाई यसले राम्रै मनोरञ्जन पनि दिएको छ ।
१३ गते नेपाल बन्द, दिनदिनै आन्दोलन गरिने
काठमाडौं, माघ ८/शाही सत्ताको ज्यादतिका विरुद्ध सात दलले माघ १३ गते नेपाल बन्दको आयोजना गरेका छन् । साथै शाही सत्ताले जारी गरेको कथित निषेधाज्ञा तोड्दै दिनदिनै पर््रदर्शन गरिने पनि बताइएको छ ।
यसैबीच शाही सरकारको मन्त्रीपरिषद्को आकस्मिक बैठक बसेको समाचार छ । मन्त्रीपरिषद्का उपाध्यक्ष तुलसी गिरीको अध्यक्षतामा बसेको बैठकले आन्दोलन र कथित नगरपालिका चुनावबारे छलफल गरेको बताइएको छ ।
निशेधाज्ञा तोडदै उर्लियो जनसागर
काठमाडौं, माघ ८/आज वसन्तपुरमा हजारौं जनताले समवेत स्वरमा नारा लगाए-”ज्ञाने चोर देश छोड् †”
दर्ुइ बजेअघि सुनसान जस्तै देखिएको वसन्तपुरमा सवा २ बजेपछि ह्वात्तै जनसगार उर्लियो । उर्लिएको जनसागरमाथि शाही सेना र प्रहरीले लाठी चार्ज गरे । समाचार रिपोर्टिङ गर्न गएका पत्रकारहरु समेत लाठी चार्जबाट बच्न सकेनन् । त्यसपछि पत्रकार र मानव अधिकारवादीहरुले निरंकुश शासक मर्ूदावाद भनेर नारा लगाए । त्यसको लगत्तै नेपाली कांग्रेस -प्रजातान्त्रिक)की उमा अधिकारीसहित दर्ुइ महिला आक्रोशित हु“दै नारावाजी गर्न थाले । त्यहा“ ठूलो संख्यामा तैनाथ प्रहरीले उनीहरुलाई तुरुन्तै पक्राउ गर्यो । एकैछिनमा त्यहा“ हजारौंका जुलुस निस्क्यो । प्रहरी र शाह सेनालाई पर््रदर्शनकारीहरुले खेदे । १० मिनेटजति वसन्तपुर र न्यूरोड पर््रदर्शकारीको कब्जामा रह्यो । त्यसपछि कायर शाही सत्ताका सुरक्षाकर्मीहरुले जनपर््रदर्शनकारीमाथि निर्मम रुपमा लाठी चार्ज गरे । त्यसकोर् इंटाद्वारा प्रतिवाद भयो । पछि शाही सेना र प्रहरीले दर्जनौं अश्रृग्या“सका सेलहरु प्रहार गरेर पर््रदर्शनकारीहरुलाई तितरवितर गरे र व्यापक गिरफ्तारी गरे । त्यहा“ तीन सयजति आन्दोलनकारीहरुलाई गिरफ्तार गरिएको अनुमान गरिएको छ ।
पर््रदर्शनबाट गिरफ्तार हुनेहरुमा नेपाली कांग्रेसका नेताहरु महन्थ ठाकुर, महेश आचार्य, रामशरण महत, एमालेका नेताहरु युवराज ज्ञवाली, गोपाल शाक्य, कमल कोइराला जनमोर्चाका घनश्याम भूषाल, शशी श्रेष्ठ, नेपाली कांग्रेस प्रजातान्त्रिकका किशोरकुमार घिमिरे, नेविसंघ अध्यक्ष महेन्द्र शर्मा, नेविसंघका पर्ूव अध्यक्ष्ँ गुरुराज घिमिरे, नेपाल तरुण दलका विनोद कायस्थ, त्रिविका पर्ूव उपकुलपति नविनप्रकाश जंग शाह, नेपाल प्राध्यापक संघका पर्ूव अध्यक्ष्ँ खगेन्द्र भट्टर्राई लगायत छन् ।
शाही सुरक्षाकर्मीले गिरफ्तार गरेर ट्रकमा हालेर लैजा“दै गर्दा पनि आन्दोलनकारीहरुले “ज्ञाने चोर देश छोड् †” भन्ने नारा लगाउन छोडेका थिएनन् ।
आजै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालालाई मारवाडी सेवा समितिको कार्यालयअगाडि चिया पिइरहेको अवस्थामा सादा पोशाकका शाही सुरक्षाकर्मीले गिरफ्तार गरेका छन् । उता नया“ बानेश्वरमा आयोजना गर्न लागिएको कलाकार, बुद्धिजीवी तथा लेखकहरुको पर््रदर्शनमाथि हस्तक्ष्ँेप गर्दै शाही सुरक्षाकर्मीले बुद्धिजीवी आनन्ददेव भट्ट, डा.तुलसी भट्टर्राई, कवि अर्जुन पराजुलीलगायतलाई गिरफ्तार गरेका छन् । शाही सुरक्षाकर्मीले पर््रदर्शनमाथि हस्तक्षेप गर्दा केही घाइते भएका थिए ।
January 23, 2006
मकवानपुर भिडन्तमा शाही सेनालाई ठूलो क्षति
Comments »
The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/01/23/great-success/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
