क्रान्तीकारी नेपाल


January 7, 2006

शहीद सपनाका श्रद्धामा दर्ुइ शब्द

Filed under: Sahid Gatha

- सिर्जना
सुन्दर भविष्यको फूल फुलाउन हामीहरु हा“सो पीडा, रोदन र विजयका क्षणहरु स“गस“गै साट्दै हिड्न बाध्य छौं । गतिवान समयका पलहरु र घडीहरुमा नै इतिहास निर्माण हुन्छन् ।
प्रकृति र मानव समाजमा न त कुनै चीज स्थायी न त अजम्बरी नै । संसारका कुनै कुवेरले मृत्युलाई किन्न र जित्न सकेका छैनन् । कोही मान्छेले आफ्नो हक र अस्तित्व समाप्त गरेर गएका छन् । कोही मान्छे यस्ता हुन्छन् संर्घष्ाका इतिहासहरु पल्टाउ“दै जादा भेटिन्छन् । तिनैले समयलाई बदलेका हुन्छन् समाजलाई फेरेका हुन्छन्, राष्ट्रलाई केही दिइरहेका हुन्छन् । तिनै क्रान्तिभित्रका र जसका रगत पसिना र बलिदानले देशलाई विजयसम्म साटिरहेका हुन्छन् । तिनैले प्रेरणा दिइरहेका हुन्छन् जसमध्ये क.सपना पनि हाम्रो अग्रज गुरु भएर जानु भएको छ । इतिहास वीरहरुको हो भन्ने कुरा आज र्छलङ्ग भएको छ । क.सपना दुश्मनमाथि धावा बोेल्ने क्रममा ०६२ असार २६ गतेका दिन पाल्पा जिल्लाको रहवास गाविसमा एसल्टमा रही उच्च साहसका साथ आफ्नो भूमिका निर्वाह गर्दागर्दै दुश्मनको गोली लागि उच्च शहादत प्राप्त गर्नुभयो ।
क.सपना स्याङ्जा जिल्लाको कालिकोट गाजस वाड नं ५ मा एक मध्यम किसान परिवारमा २०४१ सालमा जन्मनु भएको थियो । बाबा टीकाराम सुनार र आमा मीना सुनारको कोखबाट जन्मनु भएकी क.सपनाको वास्तविक नाम ओमकुमारी सुनार हो । उहा“ दर्ुइ दाजु र चार दिदी-बहिनी मध्येकी सा“हिली छोरी हुनुहुन्थ्यो । उहा“ निम्न मध्यम किसान परिवारमा जन्मेको कारणले गर्दा आफ्नो पर्ढाईलाई कक्षा आठसम्म मात्र पुर्‍याउनु पाउनु भयो । क.सपनाले पढ्दा-पढ्दै पिछडिएको दलितहरुको दर्दनाक स्थिति र महिलाहरु पितृसत्ताबाट दवावमा परेको र आफ्नो हक अस्तित्व निमिट्यान्न हुन लागेको देखेर व्रि्रोही भावनाका साथ ०५९ सालमा पर्ूण्ाकालीन राजनीतिको सुरुवात गर्नुभयो ।
जोश, जा“गर र स्फर्ूर्तिको खानी क.सपना सांगठनिक क्षेत्रमा काम गर्दै बन्दुकको नालमा टिकेको राज्यसत्तालाई बन्दुकले नै ध्वस्त पार्नर्ुपर्छ भन्ने चेतनाले सैन्य क्षेत्रमा प्रवेश गर्नुभयो । आफ्नो जीवनमा आउने हरेक दुःख कष्ट, उकाली-ओराली, घुम्ती, भञ्ज्याङ, आरोह-अवरोह पार गर्दै दुश्मनले जहा“ टेक्छ त्यही पड्कनर्ुपर्छ भन्ने पार्टर्ीीे महत्वपर्ूण्ा मर्मलाई बुझदै उहा“ले ऐतहासिक थुप्रै रेडहरु जस्तै भालुवाङ, बेनी, लमजुङ वाहुनडा“डा रिपिटर टावर, रुकुमको बेस क्याम्प खारा र भिडन्तहरु रोल्पाको भावाङ, पाछावाङ, राङकोट र पाल्पाको मित्याल, आनन्दीभञ्जायङ र हुमिन जस्ता मोर्चाहरुमा आफ्नो भूमिका निर्वाह गनुभयो । रुकुमको खारा भिडन्तमा उहा“ सामान्य घाइते पनि हुनुभएको थियो । घाइतेपश्चात् झन् उहा“ले जबसम्म सामन्ती वर्गको राज्यसत्ता ध्वस्त हुन्न तबसम्म शरीरमा एक थोपा रगत र एक मुठ्ठी तागत रहुञ्जेलसम्म निडरताका साथ लड्ने साहस प्रकट गर्दै आफ्ना सहयोद्धाहरुलाई पनि आफ्नो कला क्षमता, सीप प्रयोग गर्दै पार्टर्ीीत्रका सबै किसिमका खराबीका विरुद्ध लड्न प्रेरित गर्नुहुन्थ्यो । उहा“ भन्नुहुन्थ्यो- “हामी प्रतिक्रान्ति रोक्ने सेना हौं अझ क्रान्ति सफल पार्न मात्र हैन प्रतिक्रान्ति रोक्न पार्टर्ीीेतृत्वमा र सैन्य क्षेत्रमा पनि ५० प्रतिशत महिलाहरु ल्याउनर्ुपर्छ ।”
“पार्टर्ीीै जीवन हो” भन्ने क. लेनिनको कथनलाई बुझदै पारिवारिक दवाव मात्र मुक्त रहन घर परिवार इष्टमित्रलाई मालेमावाद र प्रचण्डपथको विचारमा लैस गराउ“दै आफ्नो जीवनलाई पार्टर्ीीmान्तिबाट अलग्गै रहने कल्पनाबाट मुक्त रह“दै सधै ह“सिलो मुद्रामा रहने उहा“लाई देखेपछि दुःख-पीडा सबै हराएको अनुभूति हुन्थ्यो । अत्यन्तै मिलनसार सहयोगी भावना भएको कारण जनतादेखि कार्यकर्तासम्म उहा“ प्रिय मान्छे बन्नुभएको थियो ।
सा“च्चै युद्ध जनचेतनाको क्षेत्र रहेछ । तर युद्ध मैदानमा शहादत प्राप्त गर्ने अवसर पाउनु गर्वकै कुरा हु“दोरहेछ । आ“ट गर्ने हो भने दुनिया“मा असम्भव भन्ने केही हु“दोरहेनछ । त्यसरी नै क.सपनाले र्सवहारा वर्गको भविष्य उज्ज्वल पार्ने उद्देश्यले आफ्नो अमूल्य जीवन पार्टर्ीी क्रान्तिलाई सुम्पेर अतुलनीय योगदान पुर्‍याउनु भएको छ । क.सपनाले छोडेर गएको अधुरो सपना हामीले पूरा गरी छाड्ने छौं र उहा“ले दिएको शिक्षाहरुलाई आत्मसात गर्दै उहा“को पदचाप पछ्यााइरहने छौं । क.सपनालगायत सम्पर्ूण्ा शहीद कमरेडहरुलाई श्रद्धाका मुठ्ठीहरु ††

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/01/07/kathmandu-3/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons