क्रान्तीकारी नेपाल


December 24, 2005

प्रेस वक्तव्य

Filed under: Press Release

नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)
Communist Party of Nepal (Maoist)

केन्द्रीय समिति
Central Commiittee
प्रेस वक्तव्य

निरंकुशतन्त्र वा लोकतन्त्र - यो आज नेपाल र नेपाली जनताका अगाडि जीवन-मरणको प्रश्न बनेर उभिएको छ । शान्तिपर्ूण्ा राजनैतिक निकासका सबै ढोकाहरु बन्द गरेर सामन्ती-दलालहरुको दरवारिया गिरोहले आम जनतालाई ‘गर या मर’ को स्थितिमा धकेलिदिएको छ । लोकतन्त्र र शान्तिको जनआकांक्षाप्रति गहिरो जिम्मेवारीबोधकासाथ राजनैतिक निकासकालागि सहज वातावरण बनाउन पार्टर्ीी गरेको युद्धविरामको जवाफ शाही सत्ता र उसको सैन्य डफ्फाले कसरी दियो - पार्टर्ीी एक जिम्मेवार र लोकप्रिय नेता क.किमबहादुर थापा -सुनिल) लगायत दर्जनौं निशस्त्र राजनैतिक कार्यकर्ताहरुको हत्या गर्दै आएर अन्तमा नगरकोटमा भयानक नरसंहार गरी ज्ञानेन्द्र शाहीको सत्ताले युद्धविरामको जवाफ दिएको तथ्य अब कसैबाट छिपेको छैन । लोकतन्त्र र शान्तिका निम्ति पार्टर्ीी सात संसदवादी राजनैतिक दलहरुका बीचमा भएको १२ बु“दे समझदारीका विरुद्ध तुलसी गिरी जस्ता पंचायती भूतका मुखबाट विषवमन गर्न लगाएर सामन्ती हत्याराहरुले आफ्नो फासिवादी मार्गचित्र (Road Map) स्पष्ट पारेका छन् । सूचना-संचार, विकास निर्माणलगायत सामाजिक जीवनका विविध क्षेत्रमा काम गर्ने तटस्थ व्यक्ति र संघ, संस्थाहरुलाई आफ्नो निरंकुश सत्ताका भाट र दासमा परिणत गर्ने दुस्साहस गर्दै एकपछि अर्को अध्यादेशमार्फ् प्रहार भइरहेको छ । लोकतन्त्र र शान्तिको पक्षमा आवाज उठाउने अन्तर्रर्ााट्रय व्यक्तित्व, संघ, संस्था र देशहरुलाई वेवास्ता गर्दै शाही सत्ता भने विभिन्न सैनिक तानाशाह र धार्मिक अतिवादीहरुस“ग सा“ठगा“ठ बढाउने कसरत गरिरहेको छ ।
उपरोक्त स्थितिले आज नेपाली समाजका सबै वर्ग, जाति, क्षेत्र र लिंगका जनसमुदायका अगाडि आफ्नो देश र सन्ततिको स्वतन्त्र भविष्य सुनिश्चित गर्न सामन्ती निरंकुशतन्त्रका विरुद्ध अन्तिम र निर्ण्ाायक संर्घष्ा गर्नुबाहेक अर्को विकल्प नरहेको कुरालाई स्पष्ट गर्दछ । जनताले संर्घष्ाको बलमा इतिहासको मंचबाट सामन्ती राजा, महाराजाहरुलाई गलत्याएर नफ्या“किकन विश्वका कुनै पनि सभ्य र विकसित देशले लोकतन्त्र, शान्ति र प्रगति सुनिश्चित गर्न सकेका होइनन् र नेपाल पनि त्यसको अपवाद हुन सक्तैन । अहिले युद्धविरामलाई हाम्रो कमजोरीकारुपमा र १२ बु“दे समझदारीलाई जालका रुपमा परिभाषित गरेर सामन्ती तत्वहरुले आफू सम्पर्ूण्ा रुपमा लोकतन्त्र र शान्तिको विपक्षमा रहेको कुरा अझ खुलस्त पारेका छन् । संविधानसभाको निर्वाचन जस्तो र्सवमान्य लोकतान्त्रिक विधिलाई र्सवमान्य अन्तर्रर्ााट्रय सुपरिवेक्षणमा सम्पन्न गर्ने प्रस्तावलाई ठाडै अस्वीकार गरेर शाही सत्ताले जनताको रगतको होलीमा मात्र आफ्नो अस्तित्व देखेको कुरा स्पष्ट पारेको छ । अहिले त्यो आफ्नो रक्तपिपासु अनुहारमा पर्दा हाल्ने हास्यास्पद र लज्जास्पद नाटकका रुपमा कथित नगरपालिकाको निर्वाचनको राग अलापिरहेका छन् । यी तथ्यहरुले अब दिनको घाम जत्तिकै कुन कुरालाई र्छलङ्ग पारेका छन् भने नेपालको ठोस स्थितिमा शाही सत्ता र उसको सैन्य डफ्फा नै यथार्थमा अवैधानिक र आतंककारी डफ्फा हो । स्वभाविक रुपले यो निरंकुश शाही आतंककारी डफ्फाका विरुद्ध संर्घष्ा गर्नु जनताको वैधानिक र लोकतान्त्रिक अधिकार एवं कर्तव्य हुन आउछ ।
अतः हामी संयुक्त राष्ट्र संघ लगायत अन्तर्रर्ााट्रय समुदायले शाही सत्तास“ग सम्बन्ध विच्छेद गरी उसलाई सबै प्रकारका सहयोगबाट वञ्चित गर्दै नेपाली जनताको लोकतन्त्र र शान्तिको आकांक्षा -जुन अहिले १२ बु“दे समझदारीमा प्रारम्भिक रुपले अभिव्यक्त भएको छ) लाई वैधानिक र्समर्थन र सहयोग गरोस् भन्ने चाहन्छौं । हामी देशका सबै जनवर्ग, जाति, क्षेत्र र लिंगका जनसमुदायस“ग सामन्ती निरंकुशतन्त्रको अन्त्य र संविधानसभामार्फ् राज्यसत्ताको पर्ुनर्संरचनासहितको नया“ लोकतान्त्रिक गणतन्त्रको निर्माणका लागि शाही सत्ताका विरुद्ध आन्दोलनको आ“धीबेहरी सृष्टि गर्न जोडदार अपिल गर्दछौं । सामन्ती निरंकुशतन्त्रले अब नेपाली नया“ वर्षदेख्न पाउने छैन भन्ने अठोटका साथ अगाडि बढ्न हामी देशका सम्पर्ूण्ा वौद्धिक समुदाय र सचेत नागरिकस“ग हार्दिक अनुरोध गर्दछौं । निरंकुशतन्त्र र लोकतन्त्रका बीचको यो ऐतिहासिक र निर्ण्ाायक संर्घष्ामा युद्धबाट अरबौं कमाउन पल्केका ज्ञानेन्द्र, पारस र अन्य शाही जनरलहरुका विरुद्ध व्रि्रोह गरी जनता र लोकतन्त्रका पक्षमा खडा भएर आफ्नो देशभक्ति र जनपक्षधरतासिद्ध गर्न हामी शाही सेना र सशस्त्र बलका सम्पर्ूण्ा जवानहरुस“ग विशेष अपिल गर्न चाहन्छौं । २१औं शताब्दीका सचेत मानिसका हैसियतले यो कुरा बुझ्न जरुरी छ कि शाही सेनालगायत सबै सैन्य बल र कर्मचारीहरुले ज्ञानेन्द र पारसजस्ता सामन्ती हत्याराहरुको होइन नेपाली जनताको नुन खाएका छन् । अतः नुनको सोझो गर्नुको आधुनिक, वैज्ञानिक र न्यायपर्ूण्ा अर्थ जनताको पक्षमा उभिनु हो । अन्तमा नगरपालिका निर्वाचनको नांैटंकीलाई ध्वस्त पारी संविधानसभाको निर्वाचनको आधार तयार पार्न हामी आमजनसमुदायस“ग हार्दिक र जोडदार अपिल गर्दछौं ।
उपरोक्त अपिलका साथै हामी आफ्नोतर्फाट सामन्ती निरंकुशतन्त्रका विरुद्ध निम्नअनुसार संर्घष्ाको कार्यक्रम घोषणा गर्दछौं ।

संर्घष्ाको कार्यक्रम
पौष ७ देखि पौष मसान्तसम्म ­­­­­­­­­­­­­­­­- प्रचार प्रसार
माघ १ देखि माघ १२ सम्म - जनपरिचालन, जनपर््रदर्शन, जनसभा
माघ १३ देखि २२ सम्म - जनकार्वाही -कथित नगरपालिका निर्वाचनमा संलग्न पदाधिकारीहरु र उम्मेदवारमाथि विशेष कार्वाही)
माघ २३ देखि माघ २९ सम्म - नेपालबन्द -यातायात, बजार, शिक्षणसंस्था, उद्योगधन्धा र कार्यालयहरु)

पुनश्च ः विभिन्न जनवर्गीय संगठनहरु र जातीय तथा क्षेत्रीय मोर्चाहरुबाट पनि यी संर्घष्ाका कार्यक्रमहरु र सात संसदवादी दलहरुद्वारा आयोजित कार्यक्रमहरुलाई सहयोग पुग्ने गरी पूरक संर्घष्ाका कार्यक्रमहरु दिन सकिनेछ ।

नाराहरु
१) सामन्ती तथा दलाल राजतन्त्रको अन्त्य गरौं, लोकतान्त्रिक गणतन्त्रको स्थापना गरौं,
२) कथित नगरपालिका निर्वाचनलाई ध्वस्त पारौं, संविधानसभाको निर्वाचनको तयारी गरौं,
३) १२ बुंदै समझदारी कार्यान्वयन गरौं, संयुक्त आन्दोलनको आंधिबेहरी निर्माण गरौं ।
मिति ः- ०७ पौष २०६२

…………………… ………………………
वावुराम भट्टर्राई प्रचण्ड
संयोजक अध्यक्ष
वृहद राष्ट्रिय राजनीतिक सम्मेलन तयारी समिति ने.क.पा.-माओवादी)
संयुक्त क्रान्तिकारी जनपरिषद, नेपाल तथा सर्वोच्च कमाण्डर, जनमुक्ति सेना, नेपाल

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2005/12/24/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8-%e0%a4%b5%e0%a4%95%e0%a5%8d%e0%a4%a4%e0%a4%b5%e0%a5%8d%e0%a4%af/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons