क्रान्तीकारी नेपाल


December 13, 2005

क.किमबहादुर र निर्ममलाई महान् शहीद घोषणा

Filed under: News

काठमाडौं/शाही आतंककारी जत्थाले माओवादीले एकतर्फी युद्धविराम गरिरहेको बेला जनमुक्ति सेनाका डिभिजन कमाण्डर क. किमबहादुर थापा -सुनिल)लाई हवाइ आक्रमण गरी हत्या गरेको छ । रोल्पा जिल्लाको जिनवाङमा राजनैतिक प्रशिक्षणमा सहभागी डिभिजन कमाण्डर क.थापासंगै बटालियन भाइस कमाण्डर क.निर्ममको यही मंसिर १४ गते कायरतापर्ूवक हत्या गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)का अध्यक्ष एवम् जनमुक्ति सेना, नेपालका र्सवाेच्च कमाण्डर क.प्रचण्डले मंसिर १५ गते एक वक्तव्य जारी गर्दै क.किमबहादुर थापा -सुनिल) र क.निर्ममलाई नेपाली जनताको लोकतन्त्र र शान्तिको आकांक्षा पूरा गर्ने प्राणको आहुति दिने महान् शहीद घोषणा गर्नु भएको छ ।
अध्यक्ष क.प्रचण्डले उहा“हरुको शहादतको लगत्तै जारी गर्नुभएको वक्तव्यमा भन्नुभएको छ-”नेपाली जनताको लोकतन्त्र र शान्तिको आकांक्षाप्रति उच्च्ा सम्मान र गहिरो जिम्मेवारीबोधका साथ अग्रगामी राजनैतिक निकासका लागि वातावरण सहज तुल्याउने उद्देश्यसहित हाम्रो पार्टर्ीी गरेको तीन महिने युद्धविरामको अवधि आज पूरा ह“ुंदैछ । राष्ट्रिय र अन्तर्रर्ााट्रय स्तरबाट समेत व्यापक जनर्समर्थन प्राप्त गरेको यो युद्धविरामलाई बीचमै तुहाउन सामन्ती निरंकुश राजतन्त्र र उसको कथित शाही सेनाले देशभरि नै हत्या, आतंक र षडयन्त्रको सिलसिला चलाइनै रह्यो । यो प्रक्रियाको पछिल्लो कडीका रुपमा “शाही” सेनाको हवाइ आक्रमणबाट हाम्रो पार्टर्ीी जनमुक्ति सेनाका जिम्मेवार र अत्यन्त लोकप्रिय क.किमबहादुर थापा -सुनिल) समेतको हत्या गर्‍यो । निरंकुश सामन्ती तत्वहरुका यी भयानक तोडफोड, हत्या र आतंकका वावजुद हाम्रो पार्टर्ीी जनमुक्ति सेनाले ठूलो मूल्य चुकाएर युद्धविराममा डटिरह्यो र लोकतन्त्र र जनताप्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गरिरहयो ।
युद्धविरामको यो प्रक्रियाले हाम्रो पार्टर्ीीेत सबै प्रमुख राजनैतिक दलहरुका बीचमा एउटा दूरगामी समझदारी कायम गरी देशमा विद्यमान राजनैतिक संकटको समाधानको दिशामा एउटा उज्यालो खाका प्रस्तुत गर्न संभव तुल्यायो । यो समझदारीको परिणाम आज देशमा निरंकुश राजतन्त्रका विरुद्ध जनतामा नया“ आत्मविश्वास र आन्दोलनको नया“ लहर अगाडि आइरहेको छ । देशमा विकास भइरहेको यो नया“ परिस्थितिले लोकतन्त्र र शान्तिका पक्षधर अन्तर्रर्ााट्रय संघ, संस्था र शक्तिहरुलाई नया“ किसिमले नेपाली जनताका पक्षमा ध्रुवीकृत पनि गराइरहेको छ ।
देशमा विद्यमान राजनैतिक संकट र यसबीचमा विकास भइरहेका यसप्रकारका सकारात्मक परिघटनालाई वेवास्ता गर्दै र यसका विरुद्ध तोडफोड र षडयन्त्रको निर्देशन गर्दै निरंकुशताका नाइकेहरु भने अत्यन्त लज्जास्पद र रहस्यमय ढंगले लामो अप्रिmकी भ्रमणमा निक्लनु तथा नगरपालिका निर्वाचनको नौटंकीद्वारा दुनियालाई भ्रम दिनखोज्नु आफैंमा गैहृजिम्मेवारीपनको पराकाष्ठा हो ।
निरंकुश सामन्ती तत्वहरुले हामीलाई फौजी प्रतिरोधका लागि बाध्य पारिरहेको उपरोक्त स्थितिका वावजुद देशको राजनैतिक स्थितिको समग्रता र लोकतन्त्र र शान्तिका पक्षधर देशभित्र र बाहिरका सबै सकारात्मक शक्तिहरुको मागलाई गंभीरतापर्ूवक विचार गरी हाम्रो पार्टर्ीी अर्को एक महिनाका लागि युद्धविरामको अवधि बढाउने निर्ण्र्ाागरेको छ । हाम्रो पार्टर्ीीवश्वास गर्दछ कि यो निर्ण्र्ााे निरंकुश राजतन्त्रका विरुद्ध लोकतन्त्र र शान्तिको आन्दोलन अगाडि बढाउन थप सहयोग पुग्नुका साथै यसले संविधान(सभामार्फ् राजनैतिक निकास खोज्ने प्रक्रियालाई नया“ गति प्रदान गर्नेछ । निरंकुश सामन्ती तत्वहरुको वर्तमान रवैया जारी रहेमा युद्धविरामलाई निरन्तरता दिइरहन संभव नहुने तथ्य स्पष्ट गर्दै हाम्रो पार्टर्ीीान्दोलनलाई अझ व्यापक र सशक्त तुल्याउन देशका सबै राजनैतिक शक्ति, नागरिक समाज, बौद्धिक तप्का, संचार जगत तथा सबै वर्ग, जाति, क्षेत्र र लिङ्गका जनसमुदायस“ग हार्दिक अपील गर्दछ । साथै हाम्रो पार्टर्ीीनेपाली जनताका पक्षमा अझ व्यापक आवाज उठाउन अन्तर्रर्ााट्रय संघ, संस्था, शक्ति र जनसमुदायसंगसमेत हार्दिक अनुरोध गर्दछ ।”

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2005/12/13/katmandu/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons