क्रान्तीकारी नेपाल


December 5, 2005

यी माउसुलीहरु

Filed under: Poem

- धनेश्वर पोख्रेल
जलजला रिसाइसकेको छ
सिस्ने तात्तिइसकेको छ
कुमाख आक्रोसित भैसकेको छ
आजकल झिम्रुक र माडीमा पनि
तातो-तातो रातो-रातो पानी उम्लिदै छ
बबै भुकम्पको ज्वारभाटा ओकल्दै छ
धौलागिरीमा छाया“ परेको देखेर
रिडी-गण्डकी र ढोरपाटनहरु
आजकल धेरै सलबलाउन थालिसकेका छन्
यहा“ कतै माउसुलीहरु त पसेका छैनन् -
होसियार, लाली गु“रास र सयपत्रीहरु
होसियार, लालुपाते र सुनगाभाहरु
त्रि्रा पत्र-पत्रहरुमा कायरताको चिप्लो र्‍याल बगाउ“दै
माउसुलीहरु यतिबेला
त्रि्रो सौर्न्दर्यतालाई बलात्कार गर्न खोजिरहेछन्
हुरी, बादल र आ“धीबेहरीस“ग ठक्कर खा“दै
हिउ“ तुसारो र असिनाहरु पचाएर
उजाड मरुभूमिलाई सुन्दर हराभरा बनाउन
बलिदानका शिखर चढ्दै आएको त्रि्रो गौरवपर्ूण्ा इतिहासलाई
कसाहीको हातमा भेटी चढाउने दुस्प्रयास गरिरहेछन्
त्यतिमात्र कहा“ हो र -
धर्तीमा सुन्दर फूल फुलाउने कुशल मालीलाई
ब्वा“साहरुको पासोमा फसाएर माउसुलीहरु यतिबेला
बग“ैचाको माली बन्ने सपना देखिरहेछन्
त्यसैले आजकल माउसुलीहरु
रातोमाटोले पोतेको घरको कुनामा बसेर
पानीमरुवा छेपाराहरुलाई बल्छी थाप्दै
मालीका विरुद्ध गुटबन्दी गरिरहेछन्
आफै बसेको घरमा आगो सल्काएर खरानी बनाउन
कु“डार्-कर्कट र घर-घुसान बटुलिरहेछन्
सिसमहलमा बसेर झोपडीको बखान गर्ने यी माउसुलीहरु
संधै अर्काको पौरख चोरेर खान मन पराउ“छन्
जब इतिहासले तिनीहरुलाई
अग्निपरीक्षामा होमिदिन्छ
तब माउसुलीहरु
छट्पटिन्छन्/आत्तिन्छन् र तिल्मिलाउ“छन्
डरले थर्कमान हु“दै चोर दुलाबाट भाग्न खोज्छन्
होसियार, ओ राता कमिलाहरु †
अग्निपरीक्षामा असफल यी माउसुलीहरु
कतै चोर दुलाबाट चम्पट कसेर भाग्न सक्छन्
र, रातोवस्तीबाट बाहिर निस्केर सिसमहलमा आत्मर्समर्पण गर्दै
माली, बगैंचा र सुन्दर फूलहरुका विरुद्ध
नाङ्गै सडकमा झरेर गडबडी मच्चाउन सक्छन्
त्यसैले यतिबेला
जलजला, सिस्ने र कुमाखले आदेश गरिरहेछ
मेची र कालीले निर्देशन गरिरहेछ
सिंगो धर्तीले खबरदारी गरिरहेछ
ओ † भीमकाय पहाड खोलेर सुरुङ बनाउने राता कमिलाहरु
माउसुली भाग्ने दुलो पहिलाएर एम्वुस बसिरहनू
सबैले अस्त्र लिएर फिल्डमा खटिरहनू ।

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2005/12/05/catmandu/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons