क्रान्तीकारी नेपाल


December 5, 2005

मृत्यु भनेको शहीद कमरेड सन्तोषको जस्तो हुनर्ुपर्दछ

Filed under: Sahid Gatha

मिलन
मानिस जन्मन्छ, हर्ुकन्छ र मर्दछ, यो स्वभाविक प्रक्रिया हो । केही मान्छे यस धर्तीमा जन्मिसकेपछि आफू र आफ्नो परिवारको निम्ति मात्र सांेच्दछन्, आफ्नो व्यक्तिगत हितको निम्ति मात्र सोंच्दछन् र त्यसैमा चिन्तित हुन्छन् । आफ्नो व्यक्तिगत हितको निम्ति मात्र जीवन समर्पित गर्दछन्, उसको मृत्यु कागजको फूलभन्दा पनि हलुङ्गो हुन्छ । जसले आफ्नो व्यक्तिगत स्वार्थको निम्ति मात्र नभएर आम भोका-नाङ्गा, गरीव-दुःःखी जनताको हितमा र जनताको दुश्मन वर्ग वैरीहरुबाट गरिने अन्याय, अत्याचार, शोषण, दमनका विरुद्ध हुने वर्गीय मुक्ति आन्दोलनमा आफ्नो जीवन उर्त्र्सग गर्दै बलिदान दिन्छन् उसको मृत्यु पहाड जस्तै गह्रौं र हिमाल जस्तै अटल, सधै मुस्काइरहने हुन्छ । पहिलो प्रकारको मृत्युमा आफ्नो परिवारले मात्र दुःख मान्दछन्, विस्मात मान्दछन् र आ“शु झार्दछन् र दोस्रो प्रकारको मृत्युमा सारा शोषित, उत्पीडित जनताहरु दुखित हुन्छन्, विस्मात मान्छन् अनि आ“शु झार्दछन् । त्यस्तै महान् मान्छेहरु मध्य एक अमर शहीद जनमुक्ति सेना नेपालका सेक्सन कमाण्डर क.सन्तोष -धनबहादुर डा“गी) हुन् । घरको कान्छो छोरा क.सन्तोष गाउ“घरमा धनबहादुर डा“गीको नामले परिचित हुनुहुन्थ्यो । जसले आज दोस्रो प्रकारको मृत्युवरण गरिसक्नु भएको छ ।
२०४२ साल वैशाख महिनामा रोल्पा जिल्लाको राङ्सी गाजस मक्टिम गाउ“मा गरीव किसान परिवारमा क.सन्तोषको जन्म भएको थियो । बाल्यकालदेखि इमान्दार, लगनशील श्रमप्रति आस्था राख्ने र दुःखी गरीबहरुलाई सम्मान गर्ने उहा“का चारित्रिक विशेषताले गर्दा उहा“को नजिक रहने जो कोही पनि छिट्टै आकषिर्त तथा प्रभावित हुन्थे । उहा“को व्यक्तित्वले उहा“लाई भविस्यको एक होनाहार कर्ण्ााधारको रुपमा अभिव्यक्त गर्दथ्यो । क.सन्तोष सबैस“ग मिलजुल गर्ने सरल र गम्भीर स्वभावका धनी हुनुहुन्थ्यो । हरेक वस्तु तथा घटनालाई गहिरिएर हर्ेन, बुझ्न खोज्ने उहा“को जिज्ञासु स्वभाव थियो । धनबहादुर डा“गीले गाउ“कै प्राथमिक विद्यालयबाट कक्षा पा“चसम्म प्रारम्भिक अध्ययन गर्नुभएको थियो । पठनपाठनकै क्रममा उहा“को पढाइप्रतिको लगनशीलता र प्रतिभा देखापर्‍यो । त्यसपछि मावि राङ्सीमा उहा“ माध्यमिक कक्षा हासिल गर्न भर्ना हुनुभयो । कक्षा ६ मा अध्ययन गर्दागर्दै क.सन्तोष अनेरास्ववियू -क्रान्तिकारी) मा आवद्ध हुनुभएको थियो । त्यसपछि उहा“ले मावि राङ्सीको विद्यार्थी संगठनमा आवद्ध भई भूमिगत रुपमा संर्घष्ाशील राजनैतिक जीवनको सुरुवात गर्नुभयो । र, संगठनको हकहितको पक्षमा देखिएका न्यायपर्ूण्ा संर्घष्ामा सक्रिय भई अगाडि बढ्नुभयो । अगाडि बढ्दै जा“दा २०५६ सालमा दुश्मनको चर्को दमनका कारण उहा“ स्कूल छोडी पर्ूण्ारुपमा ने.क.पा.-माओवादी)को कार्यकर्ता हुनुभयो । पार्टर्ीीे पर्ूण्ाकालीन कार्यकर्ता भएको सुरुमै उहा“ जनमिलिसियामा भर्ति भई सैन्य जीवनको पनि सुरुवात गर्नुभयो । आफ्नो सैन्य जीवनको शुरुवातमा उहा“ले थुप्रै रेड, एम्वुसहरुमा सहभागी हु“दै महत्वपर्ूण्ा भूमिका निर्वाह गर्नुभयो । त्यसपछि उहा“ जनमुक्ति सेनाको सेक्सन कमाण्डर हुनुभएको थियो ।
क्रान्तिमा आफ्नो जिम्मेवारी वहन गर्ने क्रममा उहा“को सरुवा डिभिजन कार्यालयमा भयो र उहा“लाई डिभिजन कमाण्डर कमरेडको रनर हुने सौभाग्य मिल्यो । उहा“ले नेतृत्त्वस“ग बसेर धेरै कुराहरु सिक्दै नेतृत्त्वलाई हरेक अवस्थामा सुरक्षादेखि सम्पर्ूण्ा काममा महत्वपर्ूण्ा सहयोग गर्दै आउनुभएको थियो । क.सन्तोष गोपनियता, अनुशासन र कामकाजमा सधै ख्याल गर्नुहुन्थ्यो । संर्घष्ामै बा“च्ने क्रममा २०६० साल असोज २५ गते भालुवाङको सशस्त्र प्रहरी तालिम केन्द्रमाथिको आक्रमणमा क.सन्तोषले उच्च मत्युवरण गर्नुभयो । आज उहा“ भौतिक रुपमा हामीस“ग नभएता पनि वैचारिक रुपमा हामीस“गै हुनुहुन्छ र उहा“ले इतिहासको पानामा रातो अक्षरले आफ्नो नाम लेखिसक्नु भएको छ । शहीद क.सन्तोषले आफ्नो का“धको राइफल र आफ्नो जिम्मा सबैलाई छोडेर जानुभएको छ । आज गाउ“वस्तीमा उहा“कै सम्झनार्थ बाटाघाटा पुल चौतारीहरुमा छाया“ नाप्दै उहा“को अधुरा सपनाहरु पूरा गर्ने जस्तोसुकै चुनौतीहरु आइपरेता पनि हामी त्यसको सामना गर्ने प्रण गर्दछौं । महान् शहीदका अधुरा सपनाहरु हामीले पूरा गर्नैपर्छ र गर्नेछौं पनि ।

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2005/12/05/catmandu-2/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons